News विदेश

चरमपन्थी र भारतिय सुरक्षार्कीबीच कश्मिरमा भिडन्त

चरमपन्थी र भारतिय सुरक्षार्कीबीच कश्मिरमा भिडन्त

कश्मिरमास्थित अनन्तनागमा चार दिनदेखि चरमपन्थी र भारतिय सुरक्षाकर्मीबीच भिडन्त जारी छ। अनन्तनागको गडुल कोकेरनागमा चौथे दिन शुक्रबार पनि बिहानैदेखि भिडन्त चलिरहेको छ। 

बिहीबार चरमपन्थीको गोली लागेर एकजना जवान घाइते भएका थिए, जसको मृत्यु भएको छ। 

स्थानीय प्रहरीका अनुसार दुईदेखि तीनजना चरमपन्थीको समूह राजौरीसम्म फैलिएको र पञ्जालको घना जंगलमा लुकेका छन्। 

भारतको कश्मिरमा दोस्रो दिन पनि भिडन्त, बुधबार मारिएका थिए कर्णेल, मेजर र डीएसपी
यिनीहरुमध्ये एकजना लश्कर–ए–तैय्यबाका कमान्डर उजैर खान पनि रहेको बताइएको छ।

उनीहरुकै हमलामा बुधबार भारतीय सेनाका कर्णेल मनप्रीत सिंह, मेजर आशीष धौन्चक र जम्मु–काश्मिर पुलिसका डीएसपी हुमान्यू भट मारिएका थिए। 

उक्त भिडन्तपछि सेनाका कमान्ज, स्निफर डग्स, ड्रोन र हेलिकप्टर चरमपन्थीलाई खोज्न जुटेका छन्। 

सैन्य अधिकारीका अनुसार चरमपन्थीहरुलाई ४ किलोमिटरको दायरामा घेरिएको छ। चरमपन्थीहरुले मंगलबार सर्च अभियानमा रहेका सेना र प्रहरीमाथि हमला बोलेका थिए। 

विशेष