News विदेश

भारत अध्यक्ष रहेको जी२० थिमले 'वैशुधैव कुटुम्बकम'ले 'विश्वव्यापी सद्भाव' झल्काउँछ

भारत अध्यक्ष रहेको जी२० थिमले 'वैशुधैव कुटुम्बकम'ले 'विश्वव्यापी सद्भाव' झल्काउँछ

    
एथेन्स । विश्‍वका आर्थिकरुपमा रहेका २० शक्ति राष्ट्रहरुको अध्यक्षता गरिरहेको छ। शनिबार र आइतबार हुने जी२० सम्मेलनमा तय गरिएको थिमले विश्‍वव्यापी सद्भाव झल्काउने गरेको छ। 

संस्कृत वाक्यांश 'वसुधैव कुटुम्बकम' (संसार एक परिवार हो) बाट प्रेरित भएर आयोजक राष्ट्र भारतले 'मानव, जनावर, बोटबिरुवा र सूक्ष्मजीवहरू- र पृथ्वी ग्रह र फराकिलो ब्रह्माण्डमा तिनीहरूको अन्तरसम्बन्ध' भन्‍ने थिम सिर्जना गरेको छ।

'एक पृथ्वी, एक परिवार, एक भविष्य' भन्‍ने नाराका साथ 'लाइफ' (मिसन लाइफस्टाइल फर एन्भायरनमेन्ट) मा केन्द्रित रहेर वातावरणीयरुपमा दिगो र जिम्मेवार छनोटहरू' लाई जोड दिइएको जी२० आयोजक राष्ट्र भारतले जनाएको छ। 

नयाँ दिल्लीमा हुने जी२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज, दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योल, मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, जर्मन चान्सलर ओलाफ स्कोल्ज, बेलायती प्रधानमन्त्री ऋषी सुनक, जापानका प्रधानमन्त्री फुमियो किशिदा, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, साउदी अरबका युवराज मोहम्मद बिन सलमानलगायतका विश्‍व नेताहरु सहभागी हुनेछन्। 

यद्पि रुसी राष्ट्रपति भलादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ भने सहभागी हुने छैनन्। सन् २००८ मा सुरु भएको भएको जी२० शिखर सम्मेलनपछि चिनियाँ राष्ट्र प्रमुख पहिलो पटक जी२० शिखर सम्मेलनमा सहभागी नहुने भएका हुन्। सन् २०२० र २१ मा कोभिड महामारीको समयमा भएको जी२० को सम्मेलनमा समेत सी सहभागी भएका थिए। 

प्रधानमन्त्री नरेन्द्र मोदीले जी२० शिखर सम्मेलनको अध्यक्षको रूपमा भारतले छनौट गरेको विषयवस्तुले विश्वव्यापी सद्भाव झल्काउने कुरा औंल्याए र विश्वसामु देशको भूमिका द्रुत रूपमा परिवर्तन भएको बताए। 

प्रधानमन्त्री नरेन्द्र मोदीले भने, 'आज भारतले यस्तो स्केलमा काम गरिरहेको छ जुन १० वर्ष पहिले अकल्पनीय लाग्थ्यो...। आज विश्व नयाँ विश्व व्यवस्थातर्फ अघि बढिरहेको छ। यसको बढ्दो क्षमतासँगै विश्वसामु भारतको भूमिका पनि द्रुत गतिमा परिवर्तन हुँदैछ... अब जी२० शिखर सम्मेलन भारतमा हुन लागेको छ। जी२० अध्यक्षको हैसियतमा भारतले निर्णय गरेको विषयवस्तुले विश्वव्यापी सद्भाव झल्काउँछ। विषयवस्तु हो 'वसुधैव कुटुम्बकम' - एक पृथ्वी, एक परिवार, एक भविष्य...।"

प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकले भारतको प्रतिनिधित्व गर्ने बलियो अर्थव्यवस्थाको प्रशंसा गरेका छन्। 

विशेष