News

रक्सीले मातेर आफनै बुबाको हत्या

रक्सीले मातेर आफनै बुबाको हत्या

दाङमा एक युवकले रक्सी खाएर मातेपछि बुवाको हत्या गरेका छन्। 

घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बुवा प्रेमबहादुर केसीको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार रक्सीले मातेका छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो। 

छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ। रासस

विशेष