News राजनीति

अर्कोको देशमा वसेर नेपालाई गाली गरेर देश वन्दैनः भुषाल

अर्कोको देशमा वसेर नेपालाई गाली गरेर देश वन्दैनः भुषाल

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अर्काको देशमा वसेर गाली गर्दैमा देश नवन्ने वताएकी छिन्।

शनिबार एम्स इन्टरनेशनल कलेजले ललितपुरमा आयोजना गरेको शिक्षक सम्मान, पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता वताएकी हुन।

उच्च शिक्षा लिएका युवाहरू नेपालमै बस्नुपर्ने बताएकी छिन्। पछिल्ला दिनमा अध्ययन नै नगरी बाहिरिने क्रम बढेको उल्लेख गर्दै त्यस्तो क्रमले देशको विकास हुन नसक्ने उनको भनाइ छ। 

पूर्वमन्त्री समेत रहेकी भुसालले नेपालमा केही भएन भन्दै डलर खर्च गरेर बाहिर जाने अनि अर्काको देशमा बसेर नेपाललाई गाली गर्ने कुराले देश नबन्ने वताएकी छिन्। ‘देश बनाउने जिम्मा नयाँ पिँढीको हो। नेपालमा केही भएन भन्दै डलर खर्च गरेर बाहिर जाने अनि अर्काको देशमा बसेर नेपाललाई गाली गर्ने कुराले देश बन्दैन।’ उनले भनिन्।

देश बनाउन पढेलेखेका व्यक्तिहरूले पहल गरे केही वर्षमै नेपाल विकसित हुनबाट कसैले रोक्न नसक्ने उनको दाबी छ। ‘एउटा हातले पैसा ल्याउने अर्को हातले बाहिर पठाउने क्रम घटाउनु प¥यो, यहाँ पढेका साथीहरुले यही बस्ने व्यवस्था मिलाउनु प¥यो’ उनले भन्–ि‘केही न केही नयाँ काम गरेर शिक्षित व्यक्ती पलायन हुने क्रम रोक्नुप¥यो । तपाईंहरु रोकिनुप¥यो।’

नेपालको विकासको लागि कृषि र पर्यटनमा नयाँ ढंगले काम गर्नुपर्ने उनले बताइन्। 

विशेष