News

गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या गरेको आशङ्कामा एक जना पक्राउ

गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या गरेको आशङ्कामा एक जना पक्राउ

काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या गरेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । प्रहरीका अनुसार दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल तथा मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेकको उन्ले बताए ।

चारै जना सोही सःमिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ।

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । उनले मदिरा सेवन गरेको पाइएको छ ।

घट्नाको एकिन कारण पत्ता लागेको छैन।

विशेष