News

कान्छो छोराकोबाट छेठो छोराकोमा सरेकै दिन शुभद्रासहित परिवारकै हत्या

श्राद्ध गर्न आएकी शुभद्रा आजै दोलखा फर्कने तयारीमा थिईन

कान्छो छोराकोबाट छेठो छोराकोमा सरेकै दिन शुभद्रासहित परिवारकै हत्या

काठमाण्डौंको गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये ७६ वर्षीया की शुभद्रा भुजेल शुक्रवार मात्रै छोराकोमा आएको पाईएको छ।

गैह्रीगाउँ स्थित तीनकुने नजिकै रहेको दिव्य सःमिलमा उनका छोरा करिव ५५ वर्षिय कुमार भुजेल गेटपालेको रुपमा काम गर्छन। कुमार, आमा शुभद्रा, कुमारीकी श्रीमती अम्बिका र मोरङको बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको छ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोही ठाउँ वस्ने दिपेन्द्र राई लाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनी नविनका साथी हुन् । उक्त मिलमा कुमार र उनकी श्रीमती अम्बिका मात्र बस्थे । कुमारकी आमा शुभद्रा भुजेल श्राद्ध गर्न २६ गते दोलखाबाट काठमाडौं आएका थिइन् ।

बिहीबार श्राद्ध सकेर बालुवाटार वस्ने कान्छो छोराले उनलाई जेठो छोरा कुमारको घरमा ल्याइदिएका थिए । उनी आजै दोलखा फर्किने तयारीमा थिइन् । तर, जेठो छोराकोमा वस्न आएकै दिन उनीसहित परिवारका तीनै जनाको हत्या भएको छ। उनीहरु सबैको शरीरमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ । 

पक्राउ परेका दीपेन्द्रका बुबा यसअघि त्यही मिलमा काम गर्थे । उनी ट्याक्सी चढेर प्रहरीलाई खवर गर्न पुगेका थिए। प्रहरी स्रोतका अनुसार लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए ।

घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पु¥याइदिन भनेका थिए । प्रहरीले राईलाई पु¥याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । चालकले ‘रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पु¥याइदिन’ भनेको बताएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्य सःमिलमै लामो समय काम गरेर छोडेका थिए । बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै उनको आउजाउ वाक्लै थियो। उनका बुबाआमा अहिले धनकुटामा रहेको जनाईएको छ। 

हत्याको कारण अहिलेसम्म खुलेको छैन।

विशेष