News

गैह्रीगाउँ हत्या प्रकरणमाः थप ४ जना पक्राउ

गैह्रीगाउँ हत्या प्रकरणमाः थप ४ जना पक्राउ

काठमाडौंको गैह्रीगाउँ स्थित तीनकुने नजिकै दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा शंकास्द थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीहरूको परिचय खुलाएको छ। शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।

नवीनलाई भाइ बताउने २८ वर्षीय विपेन राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए।

मृतकको टाउको,घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार भएको देखिएको छ। हत्यामा प्रयोग भएको हतियार प्रहरीले अहिलेसम्म फेला पारेको छैन।

प्रहरी कार्यालयमा विपिनको सोधपुछ  जारी रहँदा अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो। त्यसपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो। कुकुर जडिबुटीसम्म पुगेको थियो।

प्रहरीले थप चार जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ। प्रहरीका अनुसार सःमिलमा हत्या भएका नवीनलाई उनी भाइ भन्थे। आफ्ना बाबु पहिले सोही सःमिलमा काम गर्ने भएकाले नवीन बेलबेला त्यहाँ गइरहन्थे।

घटना भएको सःमिल दोलखाका एमाले नेता बालकृष्ण सिवाकोटीको हो। 

विशेष