News विदेश

किम र पुटिनको भेटपछि युक्रेनी राष्ट्रपति जो वाईडेनलाई भेट्न अमेरिका जाँदै

किम र पुटिनको भेटपछि युक्रेनी राष्ट्रपति जो वाईडेनलाई भेट्न अमेरिका जाँदै

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनले केही दिनअघिको भेटमा एक–अर्कालाई राइफल उपहार दिए।

समाचार संस्था एएफपीका अनुसार गत बुधबार सुदूरपूर्वी रूसको अमुर क्षेत्रको भोस्तोच्नी कस्मोड्रोममा पुटिन र किमबीच भेटवार्ता भएको थियो। उक्त भेटमा उनीहरूले एक–अर्कालाई राइफल उपहार दिएका हुन्।

रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले किमलाई रूसमा बनेको उच्च गुणस्तरको राइफल उपहार दिएको जानकारी दिए। उनले किमलाई स्पेस ग्लोभ्स पनि उहार दिएका थिए। बदलामा किमले पनि एउटा राइफल पुटिनलाई उपहार दिएका हुन्।

पुटिन र किमबीच भोस्तोच्नी कस्मोड्रोममा झन्डै दुई घन्टा कुराकानी भएको थियो। कुराकानीका क्रममा किमले पुटिनलाई उत्तर कोरिया भ्रमणको निम्तोसमेत दिएका थिए।

पुटिनलाई भेट्न किम रेल चढेर रूस गएका थिए।   

यसलगत्तै, रुससँगको युद्धमा सैन्य सहयोग माग्न युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिका जाने तयारीमा छन्। उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग आगामी बिहीबार भेटवार्ता गर्ने जनाईएको छ।

भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्ने जनाइएको छ। आर्थिक सहायता प्राप्तिका निम्ति उनले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ। 

बाइडेन प्रशासनले अमेरिकी संसद्लाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ। यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ।

केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर  ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गरेका थिए।

यो सहायतामा युरेनियम ट्याङ्क र गोलाबारुद पनि समावेश छ। यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी रुसले दिएको थियो। 
 

विशेष