News

भगौडा उपमेयरसँग अमेरिकामा प्रधानमन्त्रीको भेटघाटः लुकेर वसेकी दन्ताले सार्वजनिक गरिन् फोटो

भगौडा उपमेयरसँग अमेरिकामा प्रधानमन्त्रीको भेटघाटः लुकेर वसेकी दन्ताले सार्वजनिक गरिन् फोटो

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भगौडा उपमेपयर दन्ता नेपालीसँग भेटघाट गरेका छन्।

अमेरिकाको एउटा कार्यक्रममा भाग लिन गएकी कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर नेपाली उतै लुकेर वसेकी थिईन। उनै नेपालीले प्रधानमन्त्री दाहालसँग भेटघाट गरेको फोटो फेसवुक मार्फत सार्वजनिक गरेकी छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई अमेरिकामा हार्दिक स्वागत छ । संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नु भएको छ ।’ उनले भनेकी छिन्–‘सम्माननीय प्रधानमन्त्रीज्यू तथा भ्रमण दलका सबै सदस्यहरुलाई भ्रमण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ । अमेरिकामा हार्दिक स्वागत । अमेरिकाको बसाइँ सुखद रहोस्, हार्दिक शुभकामना ।’

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा विजयी भएकी दन्ता ०७६ कात्तिकमा एक कार्यक्रममा भाग लिन अमेरिका पुगेकी थिईन। घरबाट काठमाडौं जान भन्दै हिँडेकी उनी अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन ०७६ कात्तिकको पहिलो साता उडेकी थिइन् । 

तर, उनी फर्केर नआएपछि आलोचना भएको थियो। उनले आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै पाँच महिना लाग्ने भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । तर, चार वर्ष भइसक्दा पनि उनी अझै नेपाल फर्किएकी छैनन् । 

विशेष