News राजनीति

गुटको वैठकमा शेखर कोइरालाले किन बोलाए विश्व र प्रदीपलाई ?

गुटको वैठकमा शेखर कोइरालाले किन बोलाए विश्व र प्रदीपलाई ?

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि मंगलवार दिउँसो २ वजे आफ्नो गुटको बैठक बोलाएका छन् । 

कोइरालाले हालसम्म संस्थापन पक्षमा देखिएका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि छलफलका लागि बोलाएका छन्।

विश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको नेता शेखर निकटका एक केन्द्रीय सदस्यले जानकारी दिए । १४ औं महाधिवेशन पछि विश्व–प्रदीप सहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् ।

बैठकमा शेखर–गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने उक्त समूहका एक नेताले जानकारी दिए । ‘समूहलाई बलियो बनाउने कुरा हुने नै भयो । विश्व–प्रदीपको धारणा पनि आउँछ’ उनले भने, ‘असोज ४ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा हाम्रो तर्फको तयारी पनि हो ।’

केही दिनअघि विश्व–प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले पनि बोलाएका थिए । स्रोतका अनुसार सोही बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व–प्रदीप सहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो । 
 

विशेष