बहुविवाह गरेका माओवादी नेता ६ महिनाका लागि निलम्वित

वहुविवाह गरेका एक नेतालाई नेकपा माओवादी केन्द्रले ६ महिनाका लागि निलम्वन गरेको छ।
पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोप लगाउँदै निलम्बन गरिएको हो।
भदौ २५ गते बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले मातहतका कमिटीलाई जारी गरेको सर्कुलरमा चौधरीले आरोप स्वीकार गरेको जनाईएको छ। आरोप स्विकार सँगै निलम्बन गर्ने निर्णयलाई अनुमोदन गरेको सर्कुलरमा उल्लेख छ ।
‘सांस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहर्ष स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ ।’ – सर्कुलरमा भनिएको छ।
चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख हुन् ।