News विदेश अपराध सुरक्षा

कस्ले वेपत्ता बनायो अमेरिकाको अत्याधुनिक लडाकु विमान ?

कस्ले वेपत्ता बनायो अमेरिकाको अत्याधुनिक लडाकु विमान ?

अमेरिकी सेनाको सबैभन्दा आधुनिक लडाकु विमान एफ–३५ वेपत्ता भएको छ। अमेरिकी सेनाले उक्त विमान खोजीमा सहयोग गर्न आम नागरिकसँग आग्रह गरेको छ।

एफ–३५ विमान आइतबार क्यारोलाइना राज्यमा उडिरहेका बेला बेपत्ता भएको थियो। विमानमा खतराको संकेत देखेपछि पाइलट भने प्यारासुटबाट सुरक्षित रुपमा जमिनमा ओर्लिएको जनाईएको छ।

पाईलट अहिले अस्पतालमा छन्। तर, विमान कहाँ गयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। सैन्य अधिकारीहरुका अनुसार चार्ल्सटन सहरनजिक रहेका दुई तालनजिक विमानको अन्तिम लोकेसन फेला परेको थियो।

लकहिड मार्टिन कम्पनीले बनाएको उक्त विमान सेनाको चार्ल्सटन शिविरले गरिरहेको छ। यस्तो एउटा विमानको मूल्य ८ करोड डलर पर्ने बताइएको छ। 
 

विशेष