News

महाराजगन्जको ब्यस्त चौकमा बम विस्फोट 

महाराजगन्जको ब्यस्त चौकमा बम विस्फोट 

काठमाडौंको महाराजगंजस्थित ब्यवस्त चौकमा केहीवेर अघि बम विस्फोट भएको छ। अमेरिकी दूतावास नजिकै भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको हो।

विस्फोट भएको क्षेत्रबाट नजिकै अमेरिकी दूतावास र प्रहरी चौकी रहेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको थियो।

बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने प्रयास गर्दा विस्फोट भएको जनाईएको छ। घट्नाको पुरा विवरण आउन वाँकी छ। अहिलेसम्म कुनै मानविय र ठुलो क्षती भएको जानकारी आएको छैन।

विशेष