News

प्रचण्डले शौचालयमा दौरासुरुवाल खोलेर ट्यानसुट लगाएका हुन ?

प्रचण्डले शौचालयमा दौरासुरुवाल खोलेर ट्यानसुट लगाएका हुन ?

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको अमेरिका भ्रमणका क्रममा ‘ट्यान सूट’ लगाएर पुग्दा बिबादित बनेका छन।

उनी आईतवार साँझ अमेरिका पुगेका थिए।  ‘ट्यान सूट’ भनेको हल्का खैरो वा माटो, खरानी वा बालुवा रङको सुट हो। प्रधानमन्त्री दाहाल प्राय ट्यान सुटमै देखिन्छन्। तर, महत्वपुर्ण कार्यक्रमहरुमा गाढा रङको पोसाक लगाउँदा राम्रो मानिन्छ। 

दाहालको ट्यान सुटलाई लिएर अहिले कतिपयले उनको अहंकारको संकेत मानेका छन्। यस्तो खैरो रंगको सूटलाई रणनीतिक अवसरका लागि अनुपयुक्त मानिने भएकाले पनि यसको आलोचना भईरहेको छ।

यो प्रसङलाई अमेरिकाका तत्कालिन राष्ट्रपति बाराक ओबामाको ‘ट्यान सूट’ विवादसँग तुलना गर्न सकिन्छ। जसले सामाजिक सञ्जाल र समाचार मिडियामा चर्को बहस छेडेको थियो। सन २०१४ मा ओबामाले सिरियामा केन्द्रित पत्रकार सम्मेलनमा ट्यान सूट लगाएका थिए।

यो फेसन ओबामाका लागि चुनौतीपूर्ण थियो, जसले सामान्यतया गाढा सूट लगाएका थिए। र यसले प्रमुख मिडियामा हलचल पैदा ग-यो। कोहीले उनको शैलीको प्रशंसा गरे र कतिपयले यसलाई अव्यवसायिक भनेर आलोचना पनि गरे।

ओबामाको ट्यान सूट विवादलाई सामान्यतया सानो विवादको रूपमा लिइन्छ र यसले राष्ट्रपतिलाई कुनै दीर्घकालीन प्रभाव परेन।  राष्ट्रपतिको कार्यकालमा पनि कुनै असर परेन। तर मिडियामा भने राम्रै चर्चा पायो।

यता, नेपालका प्रधानमन्त्री दाहालको विवाद भने सुटको कलरसँग मात्रै होईन, नेपाली पोसाकको अपमान गरेको विषयसँग पनि जोडिएको छ। उनी काठमाण्डौंबाट हिड्दा/विनमान चढ्दासम्म नेपाली पोशाक दौरा सुरुवालमै थिए। तर, न्युयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा भने उनी ट्यान सुटमा देखिए। उनीमात्र होईन काठमाण्डौंबाट हिड्दा साडीचोलोमा देखिएकी दाहाल पुत्री एवम स्वकिय सचिव गंगा दाहाल पनि कोट–पाइन्टमा देखिईन।

यसले प्रधानमन्त्री दाहाल विवादमा तानिए। ट्यान सूट लगाएको विषय मिडियामा ओबामाको विवाद जत्तिकै चर्चा त भएन, तर नेपालका केही क्षेत्रमा भने उनले आलोचनाको सामना गर्नुपरेको छ।

सुरुमा परम्परागत नेपाली पोशाक दौरा सुरुल र हल्का खैरो रङको कोट लगाएका उनले अमेरिकामा पुग्दा किन ट्यान सूट लगाए भन्ने चासोको विषय भएको छ। कतिपयले भने दाहालले नेपाली पोशाकमा उपस्थित हुनुमा हिनताबोध ठानेर ट्यानसुटमा क्रान्तिकारी देखिन खोजेको भन्दै आलोचना गरेका छन्। उनीहरुका अनुसार यो नेपाली राष्ट्रिय पोशाकको अपमान हो।

विदेश भ्रमणका क्रममा परम्परागत नेपाली पहिरन नै लगाउनु पर्छ भन्ने विश्वास गर्नेहरुले उनको तिव्र आलोचना गरिरहेका छन्। एक सामाजिक संजाल प्रयोगकर्ताले ‘प्रचण्डले शौचयालयमा लुगा फेरेको’ भन्दै खिसी गरेका छन्।

विशेष