News

१ महिनादेखि कोरियामा नजरवन्दमा छन् माओवादी नेता दिपशिखा

१ महिनादेखि कोरियामा नजरवन्दमा छन् माओवादी नेता दिपशिखा

डाक्टरको प्रेस्किप्सन बिनाको औषधी बाकेर हिडेको पाईएपछि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामा नजरवन्दमा छन्। उनी एकमहिनादेखि दक्षिण कोरिया छोडेर निस्कन पाएका छैनन्।

कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका औषधीका कारण सापकोटा विमानस्थलमै रोकिएका थिए। गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको एन्जाईटीको औषधी भेटिएको थियो।

स्रोतका अनुसार राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ। पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले सापकोटालाई सोही औषधी मगाएकी थिइन। औषधी बोकेर इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनलाई कोरियन अधिकारीहरूले रोकेका थिए।

राजदूतले मगाएको औषधी बोकेका दीपशिखा कोरियाली अध्यागमनमा रोकिएपछि दूतावासले उनलाई छुटाउन पहल गरेको थियो। दूतावासको अनुरोधपछि औषधी अध्यागमनमै छोडेर मात्रै उनी विमानस्थलबाट बाहिर निस्किए।

तर, कोरियाली प्रहरीले उनलाई अनुशन्धानमा राखेको छ। एक महिना हुँदा पनि अनुसन्धान सकिएको छैन। दूतावास स्रोतका अनुसार कोरियाली अधिकारीहरूले अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन्। अनुसन्धान नसकिएसम्म सापकोटाले कोरिया छोड्न पाउने छैनन्।
 

दिपशिखा

विशेष