News विदेश

दुई उच्चपदस्थ मन्त्री नै गायव हुँदा पनि किन बोल्दैन चीन सरकार ?

दुई उच्चपदस्थ मन्त्री नै गायव हुँदा पनि किन बोल्दैन चीन सरकार ?

शासनको तेस्रो कार्यकाल सहज र सरल रुपमा सम्पन्न गर्न वफादारहरू नजिक र शीर्ष स्थानमा राखेका चीनियाँ राष्ट्रपति सी चीन फिङमाथि तिनै पात्रलेनै प्रश्न उठाउन थालेपछि सीले अफ्ठ्यारो अवस्थाको सामाना गर्नुपरिरहेको छ।

दुई महिनाको अवधिमा चीनका दुई उच्चपदस्थ मन्त्री र चीनका लागि अन्तर्राष्ट्रिय मध्यस्थकर्ता गायब छन् । पूर्व परराष्ट्रमन्त्री क्वीन गाङ नाटकीय रुपमा गायब भएको घटनापछि हाल रक्षा मन्त्री ली साङफू गायब छन् । विगत तीन सातादेखि उनी सार्वजनिक वृत्तमा देखा परेका छैनन् ।

पश्चिमासँगको बढ्दो तनावको समयमा सीले आन्तरिक कमजोरी वा खतरालाई हटाउन खोजेको अवस्थामा उनीहरू गायब भएका हुन् । ली र क्वीन दुबै राज्य परिषद्का पाँच सदस्य मध्येका र मन्त्रिपरिषद्का प्रभावशाली मन्त्री थिए ।सी नेतृत्वको यस शक्तिशाली आयोगले चीनको सम्पूर्ण सशस्त्र बललाई परिचालन गर्छ ।

एक महिनाअघि आकस्मिक रुपमा सीले सेनाका दुई उच्च कमाण्डरलाई बर्खास्त गरेका थिए । पूर्व परराष्ट्रमन्त्री क्वीन गायबको घटनामा पनि सरकार मौन थियो । रक्षामन्त्रीको प्रकरणमा पनि सरकारले केही बोलेको छैन । सीको अपारदर्शी कार्यकालमा यस्ता घटना सामान्य छन् ।

सरकार केही नबोलेपनि उच्च श्रोतको हवला दिँदै गत मंगलबार वाल स्ट्रीट जर्नलले एक समाचार प्रकाशित गरेको छ । क्वीनमाथि विवाहेत्तर सम्बन्धमा सरकारी अनुसन्धान भइरहेको त्यसमा जिकिर छ । 

चीनमा रक्षामन्त्री कार्यकारी भूमिकामा हुँदैन । लीले सैन्य संयन्त्रलाई परिचालनको हैसियत नराखे पनि विश्वका लागि आवश्यक सैन्य कुटनीतिका लागि उनी चीनको महत्वपूर्ण अनुहार थिए । गत मार्चमा रक्षा मन्त्री भएसँगै उनले दुईपटक मस्को भ्रमण गरेका थिए । बेलारुस पुगेर त्यहाँ राष्ट्रपतिसँग भेट गरेका थिए भने अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनसँग पनि उनको भेट भएको थियो । 

सीका आफ्नै विश्वासपात्र लगातार गायब र पतन प्रकरणलाई उच्च नेतृत्वमा रहेका अन्यले निकै संशय र त्रासको दृष्टीकोणबाट हेरिरहेको विज्ञहरू बताउँछन् । सीको तेस्रो कार्यकालमा चीन आर्थिक संकट उन्मुख छ । युवा बेरोजगारको संख्या बढिरहेको छ भने स्थानीय सरकार ऋणको चपेटामा छन् । 

शक्तिमा पुगेपछि आफ्ना विश्वासपात्रमाथि कदम चाल्ने नेतामा सी मात्रै होइनन् । चिनिँया कम्युनिस्ट पार्टीका पूर्व अध्यक्ष माओत्सतुङले पनि यस्तै गरेका थिए । सम्पूर्ण शक्ति आफैँमा केन्द्रित गरेका सीले यस्ता कदम जारीनै राख्नै विज्ञहरूको मत छ । 
 

विशेष