News

२८ दिनदेखि वेपत्ता शिक्षकको चप्पल र टोपी भेटियो

२८ दिनदेखि वेपत्ता शिक्षकको चप्पल र टोपी भेटियो

देश भरीका शिक्षकहरु काठमाण्डौंमा जम्मा भएर आन्दोलनमा उत्रिएका वेला वैतडीमा भने एक शिक्षक झण्डै एक महिनादेखि वेपत्ता छन्

डिलासैनी गाउँपालिका–२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर गडाल २८ दिनदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोही गाउँपालिकाको लटिनाथ आधारभूत विद्यालयका शिक्षक भदौ ५ गते बेपत्ता भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा खोला नजिक छाता, टोपी, मोबाइल र चप्पल भेट्टाएको छ।

उनी त्यही भीरबाट खसेका हुन् कि भन्ने अनुमान प्रहरीले गरेको छ। तर, हालसम्म उनको लाश समेत फेला नपरेको प्रहरीको भनाई छ। 
 

विशेष