News

कुवामा पानी पिउन जाँदा चिप्लिएर सेती नदीमा खसेका युवक बेपत्ता

कुवामा पानी पिउन जाँदा चिप्लिएर सेती नदीमा खसेका युवक बेपत्ता

बझाङमा कुवामा पानी पिउन जाँदा चिप्तिएर सेती नदीमा खसेका एक युवक बेपत्ता भएका छन्।

डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा सेतीमा बेपत्ता भएका हुन। 

केदारस्यू गाउँपालिका–१ डाँसामा पानी पिउने क्रममा उनी चिप्लिएर नदीमा खसेकोको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

देउरा बजारबाट घर फर्किने क्रममा पुजारा सेती नदी र कालंगा नदीको दोभान नजिकै किनारामा पानी पिउन गएका थिए। सोही क्रममा चिप्लिएका उनी सेती नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी रायल बझाङबाट खटिएको प्रहरी टोलीले उनको खोजी गरिरहेको छ। 
 

विशेष