News राजनीति

ओलीलाई विस्थापन गरेर किन विद्यालाई नेतृत्वमा ल्याउन चाहान्छ चीन ?

चीनबाट फर्के लगत्तै शंकर पोखरेल र विद्याले दिएको संकेतले एमालेमा खैलावैला

ओलीलाई विस्थापन गरेर किन विद्यालाई नेतृत्वमा ल्याउन चाहान्छ चीन ?

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसहित २२ जना नेता भदौ १६ गते १३ दिने चीन भ्रमणमा गयो।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा गएको टोलीमा पार्टी महासचिव पोखरेलसहित अन्य केन्द्रीय सदस्य थिए। गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमणका लागि गएका उनीहरु मध्ये महासचिव पोखरेल भने फर्किएका छन्।

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महासचिव पोखरेल चीन भ्रमण छोट्याएरस्वदेश फर्किएका हुन्।

पोखरेल फर्के लगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न पुगेका छन्। भण्डारीसँग खिचेको फोटो फेसवुकमा राखेर उनले लेखेका छन्–‘चिन भ्रमण पश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट।’

उनको यो पोष्टमा इन्जिनियर विनोद देवकोटा ‘प्रिपस्पर्सी’ले लेखेका छन्–‘एमालेको नेतृत्व परिवर्तन मार्फत कम्युनिष्ट एकता को तयारी गर्न चीनको मेसेज रिले गर्ने प्रयोजनका लागि भेटिएको भन्ने गाईगुँई पो छ त कमरेड!’

विनोद मात्र होईन, पछिल्लो समय एमाले नेतृत्व परिवर्तन गर्न चीनले दौडधुप वढाएको विषय आम चर्चाको विषय वनेको छ। प्रतिष्पर्धीविहिन एमालेको नेतृत्व गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मार्फत प्रतिस्थापन गर्न चीनले चौतर्फी तयारी गरिरहेको चर्चा छ।

विद्यादेवी भण्डारी राष्ट्रपतिबाट अवकाश भएपछि थप सक्रिय बनेको मदन भण्डारी फाउण्डेसन मार्फत् सामाजिक कार्यमा सक्रिय हुन चाहेकी छिन्। उनको यो चाहनामा चीनले समेत चासो देखाएपछि एमाले वृत्तमा खैलाबैला मच्चिएको छ ।

यही सन्देश वोकेर महासचिव पोखरेल भण्डारीलाई भेट्न पुगेको धेरैले अनुमान गरका छन्। पोखरेल हत्तपत्त विद्याका पक्षमा खुल्ने नेता होइनन् । दशौं महाधिवेशनमा अध्यक्ष ओलीकै कृपाबाट उनी महासचिव बने। तर पछिल्लो समय पोखरेल ओली र विद्या दुबैसँग समानान्तर सम्बन्धको प्रयासमा छन्। लुम्बिनी प्रदेश अधिवेशनबाट छचल्किएको बाछिटा पोखरेलको चीन भ्रमणसम्म आइपुग्दा प्रष्ट भइसकेको छ । उपाध्यक्ष विष्णु पौडेल विद्यालाई सक्रिय राजनीतिमा फर्काउने ध्याउन्नमा रहेको आरोप लागिरहँदा महासचिव पनि सोही बाटोमा देखिनु संयोग मात्रै होइन ।

पूर्वराष्ट्रपति भण्डारी शीतल निवासमै रहँदा पनि एमाले पार्टीको आन्तरिक जीवनमा शक्तिशाली मानिन्थिन। नेकपा कालमा त शीतल निवासलाई पार्टी कार्यालय जस्तो बनाउन खोजेको आरोप नै व्यहोर्नुपरेको थियो।

उनकै कारण कतिपय नेताले पालै पालो संघका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म अवसर पाए । राष्ट्रपति रहँदा नै पार्टीभित्र सक्रिय भएको आरोप खेपेकी भण्डारी पुनः पार्टीमै फर्कने चर्चा महासचिवको पछिल्लो स्टाटसले प्रमाणित गरेको जानकारहरु वताउँछन्।

चीन पनि विद्या भण्डारीलाई विश्वासिलो साथी मान्छ । राष्ट्रपति रहँदा विद्याले चिनियाँ महत्वकांक्षी योजना बीआरआईमात्र होइन, नेपाल–चीनबीचको हिमचिम बढाउने काम गरेकी थिईन। ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स जीएसआईमा भर्चुअल सहभागी भएर विद्याले चीनलाई महत्व दिएकी थिईन।

एमालेसँगै माओवादी र एकीकृत समाजवादीसम्मले मान्ने र पत्याउने नेताका रुपमा चीनले विद्यालाई अगाडि वढाउन चाहेको एमालेकै कतिपय नेताहरु वताउँछन्। यसमा भण्डारी पनि तयार हुन सक्ने उनीहरुको आँकलन छ। राष्ट्रपतिबाट विदा भएपछि एउटा टेलिभिजन कार्यक्रममा उनले राजनीतिमा आउने र नआउने सम्भावना आधा आधा रहेको बताएकाले पनि अव उनी सकृय रुपमा मैदानमा आउन खोजेको देखाउँछ।

एमालेभित्र माधव नेपाल र झलनाथ खनाल बलियो हुँदा विद्या ओलीको सारथीका रुमपा थिईन। ओली गुटको मूल व्यवस्थापक नै विद्यालाई मानिन्थ्यो । अहिले पार्टीभित्र बहुपदीय संरचनाबीच एकल नेतृत्व कायम गरेका ओली भावी नेतृत्वमा आफ्नै निरन्तरतामा ढुक्क नदेखिएको वताईन्छ।
 

विद्यादेवी भण्डारी

विशेष