News अपराध सुरक्षा स्वास्थ्य

विरामीलाई टाँका लगाउँदै गरेका अहेवको घाँटी न्याक्नेलाई खैत कारवाही ?

विरामीलाई टाँका लगाउँदै गरेका अहेवको घाँटी न्याक्नेलाई खैत कारवाही ?

पछिल्लो समय डाक्टर तथा स्वास्थ्यकर्मीमाथिको आक्रमण तथा दुर्व्यवहार वढिरहेको छ। यसैक्रममा कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वाथ्य केन्द्रमा कार्यरत अहेव नरेन्द्र गैरेमाथि आक्रमण भएको छ।

बिरामीको उपचार गरिरहेका ४३ वर्षीय अहेब गैरेमाथि एक जना मंगलबार राति करिब साढे ११ बजे आक्रमण भएको हो। बेलौरी–२ का रामबहादुर खड्काले उनीमाथि आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ।

भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ। यता रामबहादुरसहित केही युवाहरू आएर अहेब गैरेलाई धम्क्याएको देखिन्छ। केही समयपछि एक्कासी रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ। अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन्।

उनका नाता पर्ने एक जना लडेर टाउकोमा चोट लागेको थियो।उपचारको लागि उनलाई केन्द्रमा पु¥याइएको थियो। एम्बुलेन्स देखेर रामबहादुरलगायत केही युवाहरू पनि स्वास्थ्य केन्द्रमा प्रवेश गरेका थिए।

घाईतेको टाउकोमा टाँका लगाउन लागिरहेकै वेला उनीहरु आएर आक्रमण गरेको गैरेले वताए। रामबहादुरले एक्कासी आएर अध्यक्ष र इन्चार्जलाई खोजेका थिए। त्यसैबीच उनी आएर गैरेसँग विवाद गर्न पुगेका थिए।

रामबहादुरले इन्चार्जमाथि पनि गालीगलौज गरेको उनको भनाइ छ। घटना हुँदा एक जना प्रहरी पनि घटनास्थलमा देखिएका छन्। घटना भएपछि प्रहरी हवल्दारले थप प्रहरीलाई बोलाएको पनि गैरेले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले आरोपित व्यक्ति बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीमा पुगेको बताए।

एक साता अघि मात्रै मकवानपुरको हेंटौडामा रहेको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए।  बिरामीको मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरेका हुन्। उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी भएकाहरू अहिले फरार छन्।
 

विशेष