News

राष्ट्रिय अनुशन्धान विभागका पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

राष्ट्रिय अनुशन्धान विभागका पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक

राष्ट्रिय अनुशन्धान विभागका पुर्व प्रमुख हरिश्चन्द्र चौधरीले केही दिनअघि चीनियाँ राजदुत छोन सङले दिएको अभिब्यक्ति कुटनीतिक मर्यादा विपरित भएको वताएका छन्।

राष्ट्रिय एकता अभियानले विहिवार संघीय राजधानी काठमाण्डौंमा आयोजना गरको ‘चीन सम्वन्धः गैरकुटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।

उनले राष्ट्रिय अखण्डताको रक्षा र मुलुकलाई अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न नदिन सबै जिम्मेवार हुनु पर्ने वताए। मित्रराष्ट्रहरुसँगको सम्वन्धलाई सुमधुर वनाई राख्न सवैले जिम्मेवारी पुर्वक अभिब्यक्ति दिनु पर्ने र गैरजिम्मेवार अभिब्यक्ति दिने कुटनीतिज्ञलाई पनि कानुनी दायरामा बाँध्नु पर्ने उनको भनाई छ।

यसैगरी, अभियानका अध्यक्ष विनय यादवले चीनियाँ राजदुतको गैरकुटनीतिक अभिब्यक्तिको विरोध गरे। उनले राजदुतलाई देश निकाला गर्नु पर्ने माग पनि गरेका छन्। यादवले चीन नेपालको संस्कृति र धर्म नस्ट गर्न लागिपरेको बताउँदै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने र तिब्बतीकरण गर्ने चीनको योजनालाई असफल बनाउनु पर्ने माग राखे।

अध्यक्ष यादवले देश जोगाउन अपिल गर्दै नेपालको जग्गा चीनको नक्सामा देखाईएको प्रति विरोध जनाए।

यस्तै अभियानका वरिष्ठ नेता वीपी यादवले चीनियाँ राजदुतको विरोध अभिब्यक्तिप्रति आपत्ति जनाउँदै काठमाण्डौंमा जारी शिक्षकहरुको आन्दोलनमा समर्थन जनाए।

वरिष्ठ पत्रकार युगनाथ शर्मा पौडेलले चीनियाँ राजदुतले नेपाललाई युद्धमा धकेल्न खोजेको आरोप लगाए। पौडेलले भारत र चीनको युद्व नेपालमा नगर्न आग्रह गर्दै दुई देशको समस्यामा नेपाललाई नमुछ्न चेतावनी दिए। हाल तिब्बतमा रहेको भनिएको मानोसरोबरसम्म नेपाल भएको उनले दाबी गरे। 

विश्लेषक बुद्ध छिरिङ मोक्तानले चीनियाँ राजदुतको विरोध गर्दै नेपालले पनि सिङ्गापुरको जस्तै समृद्धिको यात्रा तय गर्नु पर्ने धारणा राखे। 

प्राध्यापक विजय महासेठले पनि चीनियाँ राजदुतको विरोध गरे। उनले नेपालमा चीन वा भारत कुनै पनि देशका विरुद्ध गतिविधि गर्न नहुने र गर्न दिन नहुने वताए।

उक्त कार्यक्रममा राष्ट्रिय एकता अभियानमा प्रबेश गर्नेको लाईन लागेको थियो।

विशेष