News

२० वर्षिया युवतीमाथि सामुहिक वलात्कार गरेको आरोपमा ४ जना पक्राउ, एक फरार 

२० वर्षिया युवतीमाथि सामुहिक वलात्कार गरेको आरोपमा ४ जना पक्राउ, एक फरार 

डडेल्धुुरामा २० वर्षिया युवतीमाथि सामुहिक बलात्कार भएको छ। बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन्। 

उनीहरुमाथि फरक फरक समय र स्थानमा युवतीलाई बलात्कार गरेको आरोप छ।

कमल र २ जना १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ भागेश्वर गाउँपालिकाकै डेकास्थित एउटा घरको गोठमा बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। 

पीडित युवतीको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो। 

घटनामा संलग्नता आरोप लागेका एक १८ वर्षीय किशोर फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। आरोपित ४ जनालाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

विशेष