News

सकृयता वढाउँदै पूर्वराजा ज्ञानेन्द्र, असोज ७ गते पहिलो कार्यक्रम राजधानीमै

सकृयता वढाउँदै पूर्वराजा ज्ञानेन्द्र, असोज ७ गते पहिलो कार्यक्रम राजधानीमै

राजनीतिक दलका नेताहरुको अकर्मन्यताका कारण देशमा वढ्दो भ्रष्टाचार, महंगी, हत्या, हिन्सा, अत्याचार, अराक्ता, गरिवी, वेरोजगारीलगायतका कारण सर्वसाधारण आजित भएका छन्।

स्वार्थकेन्द्रित राजनीति, अपराधिको संरक्षण र सर्वसाधारणको वेवास्तालगायतका कारण जनतामा वर्तमान ब्यवस्था प्रति नै वितृष्णा जागेको छ। यो अवस्थाले नागरिकमा ६०१ राजाभन्दा एउटा राजानै ठिक भन्ने अवस्था श्रृजना हुँदै गएको कसैबाट लुकेको छैन।

नेताहरुप्रति आक्रोश वढ्दै गएको छ। सामाजिक सञ्जालमा राजनीतिक दल र तीनका नेताहरुको उछित्तो काढिन्छ। खासगरी युवा पुस्ता विकल्पको खोजीमा छ। आँखा चिम्लेर विकल्पको पछाडि लाग्दा बालेन्द्रको सन्कीपनाको पनि समर्थन गर्न थालेका छन्। केही कमिकमजोरी लुकाएर भएपनि उनीहरु बालेन्द्र प्रवृत्तिको समर्थन गर्छन। यो भनेको बालेन्द्रको समर्थन भन्दा पनि परम्पारावादी नेताहरुप्रतिको आक्रोश हो भन्ने वुझ्न धेरै ब्याख्या र विश्लेषणको आवश्यक्ता छैन।

त्यसैको उदारण हो– सरकारी गाडी दुरुपयोग गर्ने श्रीमतीलाई ट्राफिकले रोकेको विषयमा सिंहदरवार जलाउँछु भन्दै धम्की दिने बालेन्द्रप्रतिको समर्थन। यतिमात्रै होईन, नेताहरु उपत्यका वाहिर निस्कदा ढुङ्गा हान्ने, जुत्ताचप्पल प्रहार गर्ने घट्ना वढेका छन्। हुँदाहुँदा उपत्यका भित्रै एक जना नेतामाथि खुकुरी प्रहार भएको घट्ना ताजै छ।

यता, राजनीतिक दलहरू र वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सकृय हुने लक्षण देखाएका छन्। उनले जनतासँगको भेटघाट काठमाडौं उपत्यकाबाट सुरु गर्न लागेका छन्।

धार्मिक तीर्थस्थल तथा मठमन्दिर भ्रमणका क्रममा उनले नागरिकसँग भेटघाट गर्न लागेका हुन्। सो अन्तरगत ७ असोजमा भक्तपुरमा पहिलो कार्यक्रम राखिएको छ। ज्ञानेन्द्रको सचिवालयका अनुसार दिउँसो ३ बजे भक्तपुरमा जाने कार्यक्रम छ। 
ज्ञानेन्द्रले भक्तपुरको तलेजु भवानीको दर्शन, भैरवनाथको दर्शन गर्ने ज्ञानेन्द्रका संवाद सचिव फणीराज पाठकले वक्तव्य निकालेर जनाकारी दिएका छन्।

पछिल्लो समय नागरिकमा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि चुलिँदो क्रममा छ। त्यो असन्तुष्टि लोकतान्त्रिक व्यवस्था प्रतिभन्दा पनि नेतृत्वप्रति छ। पछिल्लो उपनिर्वाचन र अघिल्लो वर्ष भएको निर्वाचनको परिणाम यसको ज्वलन्त उदाहरण हो। त्यही मेलो र संविधान दिवसको सन्दर्भकै अवसरमा पूर्वाराजाले जनतासँग भौतिक उपस्थितिमै भेटेर प्रतिक्रिया दिने जनाईएको छ।

‘देशको अवस्था बिग्रिनुमा राजनीतिक दलको भूमिका मुख्य रहेको’ सन्देश प्रवाह गर्दै उनले भ्रमण गरिरहेका छन्। यसअघि गत वैशाखको पहिलो साता जुम्ला र जेठको पहिलो साता धनगढीमा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम राखिएको थियो। आवश्यक तयारी पूरा भइसकेपछि अन्तमा कार्यक्रम स्थगन भएको थियो।

अहिले फेरि आठौँ संविधान दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्रको नयाँ अभियानको घोषणा भएको छ। 

विशेष