News

शिक्षक महासंघलाई गगन थापाले भनेः विधेयक सच्याउँछौं, विद्यालय वन्द नगर्नुहोस

शिक्षक महासंघलाई गगन थापाले भनेः विधेयक सच्याउँछौं, विद्यालय वन्द नगर्नुहोस

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयक संसदबाट सच्याउने प्रतिवद्धता जनाउँदै शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् ।

शिक्षक महासंघको नेतृत्वमा असोज ३ गतेदेखि आन्दोलनरत शिक्षकहरुलाई थापाले विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न आग्रह गरेका हुन। 

सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न महासंघसँग उनले आग्रह गरेका छन्। ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं,’ उनले फेसवुकमा लेखेका छन्।

विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरी भएको उल्लेख गर्दै उनले थपेका छन्–‘सुधार गर्नै पर्नेछ । संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो,’।

‘शिक्षकका पिडा र विधेयकमा रहेका असन्तुलनलाई सच्याउन संसदमा लिइने हाम्रो पहलकदमीमा विश्वास राखी यस विधेयकलाई अगाडि बढाउन र रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न सबै पक्षमा हार्दिक अपिल गर्दछु । साथै यो आवेग भन्दा पनि संवाद गर्ने समय हो । विद्यालय बन्द जस्ता अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप बदल्न शिक्षक महासंघ लगायत सबै आन्दोलनरत पक्षलाई हार्दिक आव्हान गर्दछु ।’ उनले लेखेका छन्।

विशेष