मेयर बालेन्द्र साहलाई चुनौतीः काठमाण्डौंका शिक्षकले गरे सडकमै हाजिरी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई चुनौती दिँदै काठमाडौंका शिक्षकले बिहीबार सडकमै हाजिर गरेका छन्।
विद्यालय नै बन्द गरेर शिक्षा विधेयकविरुद्ध आन्दोलनमा होमिएका शिक्षकले सडकमा हाजिरी गरेर मेयर साहलाई चुनौती दिएका हुन।
मेयर साहले महानगरभित्रका विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पु¥याइ आन्दोलनमा जाने शिक्षक कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका थिए।
बालेन्द्रको सोही अभिव्यक्तिलाई चुनौती दिँदै शिक्षकहरूले सडकमा हाजिरी गरेका छन् । महानगरपालिकाको निर्देशनलाई अवज्ञा गर्दै महानगरपालिकाभित्रको सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुले हिजो विद्यालय बन्द गरेर माइतीघर मण्डलामा हाजिर हुने निर्णय लिएका थिए ।
आन्दोलनको समर्थन गरेपछि महानगरपालिकाले अर्को काउन्टर दिँदै विद्यालय बन्द गराएको पाइए शिक्षकको तलब काट्ने चेतावनी दिएको छ । महानगरका मेयर साहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने बताएका छन् ।
सोहीअनुसार महानगरभित्र रहेका विद्यालयमा नगर प्रहरीको टोलीले अनुगमन थालेको छ । मेयर साहले विद्यालयमा पठनपाठन भए नभएको अनुगमनका लागि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीलाई खटाएका छन् ।
विद्यालय बन्द रहेको वा पठनपाठन भइरहेको अवस्था बुझ्न आफूहरु खटिएको पाण्डेले बताएका छन्। आफूहरुले शिक्षकको हाजिरी हेर्ने भन्दा बन्द वा खुला रहेको बुझ्न मात्रै खटिएको उनले बताए।
यदि विद्यालय बन्द भएको पाइएमा त्यहाँका प्रधानाध्यापक र शिक्षकहरुलाई महानगरको शिक्षा विभागले कारबाही अघि बढाउने छ।
महानगरप्रमुख बालेन्द्र साहको निर्देशनमा खटिएको नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन दिनेछ।
काठमाडौं महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले पठनपाठन बन्द गर्ने विद्यालयलाई कानूनअनुसार कारबाही गरिने बताए । शिक्षा नियमावली, शिक्षा ऐन, शिक्षक आचारसंहितासम्बन्धी कानूनमा टेकेर कारबाही गर्ने उनी बताउँछन् ।
शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार हाल देशभर २७ हजार ३४३ सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार ३५४ शिक्षक कार्यरत छन् भने ५३ लाख ८२ हजार ६ विद्यार्थी छन् ।
शिक्षक teachaer