News मनोरञ्जन मोडेल वाच

१७ वर्षअघिको घट्नामा अभिनेत्री उषा रजकले अनुप बरालमाथि लगाईन नेपोटिजमको आरोप 

१७ वर्षअघिको घट्नामा अभिनेत्री उषा रजकले अनुप बरालमाथि लगाईन नेपोटिजमको आरोप 

अभिनेत्री उषा रजकले नेपाली सिने क्षेत्रका चर्चित अभिनेता, लेखक तथा निर्देशक अनुप बरालमाथि नेपोटिजमको आरोप लगाएकी छिन्। १७ वर्षअघिको एउटा प्रसंग कोट्याउँदै उनले बरालमाथि यस्तो आरोप लगाएकी हुन।

बरालको ‘एक्टर्स स्टुडियो’ नामक अभिनय सिकाउने स्टुडियोबाट अभिनय सिकेकी रजकले बरालमाथि नेपोटिजम र फेबोरिजम गरेको आरोप लगाएकी छन्। बरालले अभिनेत्री दिया मास्केलाई मात्र आएका सबै राम्रा रोलमा अनुबन्धित गराउने गरेको उनको आरोप छ।

विगतलाई सम्झिँदै उनले लेखेकी छिन,‘एक्टर्स स्टुडियोको पहिलो ब्याचको विद्यार्थी म। १७ वर्ष अघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल, आएका राम्रा स्क्रिप्ट र सबै मुख्य पात्रमा दिया मास्केलाई मात्र अनुबन्धित गर्नुहुन्थ्यो, अहिले पनि त्यही कुरिती कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन।’

आफू काष्ट भएको चलचित्रमा समेत रातारात धाँधली गरेर बरालले दिया मास्केलाई सो चलचित्र दिएको कुरा उषाले आफ्नो स्टाट्समा उल्लेख गरेकी छन्। ‘कागबेनी, नेपालको पहिलो डिजिटल चलचित्रको अडिसनबाट निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे । यो कुरा चलचित्रको २ प्रमुख पात्रले भन्नु भएको मलाई,’उनी लेख्छिन,’ तर रातारात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखे। मैले जीवनको एक कालो पाटो देखेँ ।’

स्टाट्समा उनले आफूसँग हाल केही प्रमाण नभएको पनि बताएकी छन्। पहिला सिने क्षेत्रमा जस्तो कुरिती थियो, सो कुरिती अहिले पनि उस्तै रहेको उनको जिकिर छ। 

त्यस विषयमा आफुले कुरा गरेपनि अनुपले जवाफ नदिएको उषाले उल्लेख गरेकी छन् । ‘त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भा’को सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ अथवा बुझ पचाएँ र खुरुक्क गएर चुपचाप क्लासमा बसेँ’ उनले लेखेकी छिन्–‘१७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ हो म अलिकति त काँतर नै हो ।’

उषा रजक

विशेष