News

राजदरबारमा वम विस्फोट गराउने मोर्चाको नेतृत्व गरेका पूर्वमन्त्री मायालुको निधन 

राजदरबारमा वम विस्फोट गराउने मोर्चाको नेतृत्व गरेका पूर्वमन्त्री मायालुको निधन 

क्यान्सर रोगबाट पीडित पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को काठमाडौंको बीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

डडेलधुरामा जन्मिएका भट्ट पछिल्लो समय नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार थिए । गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्येका एक भट्ट रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चामा पनि आवद्ध थिए।

मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । त्यतिबेला मायालु जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

पछि नेपाली कांग्रेसको राजनीतिमा लागेका मायालु ०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भए। केही समय कांग्रेसबाट सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।

पछि उनी नेपाली कांग्रेस त्यागेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

विशेष