News

बाँकेको बाल सुधार गृहमा पनि तोडफोड, नारावाजी जारी

बाँकेको बाल सुधार गृहमा पनि तोडफोड, नारावाजी जारी

देशका विभिन्न बालसुधार गृहमा तोडफोड गर्ने क्रम जारी छ। गए राती बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा पनि तोडफोड भएको छ । 

सुधार गृहमा राखिएकाहरुले नै गएराति तोडफोड गरेका हुन् । उनीहरुले झ्यालका सिसा फुटाएर प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेका थिए। त्यसपछि स्थिती तनावपूर्ण बनेको थियो।

सुधार गृहभित्र रहेका बालबालिकाले अहिले पनि नाराबाजी गरिरहेका छन् । उनीहरुले के कारणले तोडफोड गरे र किन नारावाजी गरिरहेका छन् भन्ने खुलेको छैन।

स्थानीय प्रशासनले अवस्थाको जानकारी लिने र अवस्थालाई अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ।

यो सुधार गृहमा हाल करिब ३ सय जना बालबालिका छन् । ०७९ पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर केही बालवालिका यहाँबाट भागेका थिए । माघ अन्तिम साता सोही सुधार गृहमा आगजनी भएको थियो।

यता,  केही समय अघि झक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोड र आन्दोलन भएको थियो। त्यहाँबाट निधै बालबालिका भागेका थिए। उनीहरुलाई पछि प्रहरीले पक्राउ गरेको थियो। उनीहरु मध्ये केहीलाई वीरगञ्ज स्थित बालसुधार गृहमा सारिएको थियो।

तीनीहरुको उक्साहटमा विरगन्जमा पनि तोडफोड गरिएको थियो। त्यसपछि उनीहरुलाई फेरी भक्तपुर नै फर्काउने सहमति भएको छ।
 

विशेष