News

बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ९ जना सम्पर्क विहिन (अपडेट)

बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ९ जना सम्पर्क विहिन (अपडेट)

बाँकेको डुडुवा गाउँपालिका– ६ असमानपुरको जयन्दु बाल सुधार गृहका थुनुवाबीच बिहीबार राति झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा घाइते भएका रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको हो।

बलात्कार मुद्दामा सुधार गृहमा राखिएका उनको मेत्यु भएको प्रहरीले जनाएको छ। गएराती समूह–समूहमा भिडन्ट हुँदा १ दर्जनभन्दा वढि घाईते भएका थिए। तिनीहरु मध्ये ११ जनालाई राति नै नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएको थियो।

करिव ३ सय थुनुवा रहेको उक्त बाल सुधार गृहबाट ९ जना सम्पर्कविहीन भएका छन् । बाल सुधार गृहमा १८ वर्षभन्दा माथिकालाई पनि राखिएको र उनीहरुलाई व्यवस्थापन गर्न नसक्दा बेलाबेला प्रहरी इन्जार्ज समेतलाई कुटपिट गर्ने गरेको पाईएको छ।
यो पनि,

  • बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु, ९ जना सम्पर्क विहिन (अपडेट)

विशेष