News

सर्लाही घट्नाका दोषीलाई तत्काल कारवाही गर्न राष्ट्रिय एकता अभियानको माग

सर्लाही घट्नाका दोषीलाई तत्काल कारवाही गर्न राष्ट्रिय एकता अभियानको माग

राष्ट्रिय एकता अभियानले सर्लाही सदरमुकाम मलंगवामा हिन्दुमाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्न र विदेशीको इसारामा संचालित जिहादीहरुलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष दस्ता तयार गर्न माग गरेको छ।

अभियानका अध्यक्ष विनय यादवले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन। सर्लाहीको सदरमुकाम मलंगवामा हिन्दू समाजमाथी हमला भएको केही हप्ता नबित्दै फेरि हिन्दू समाजमाथी अर्को जिहादी आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ । ‘बिहिबार मलंगवा नगरपालिका– ३ स्थित गणेश चतुर्थीको मुर्ति बिसर्जन गर्न जाने क्रममा जिहादीद्वारा हिन्दु धर्मावलम्बीमाथि ढुंगामुढा एवम् चाकु प्रहार भयो। जिहादी आक्रमणबाट केही हिन्दुहरू घाइते समेत भएका छन।’ विज्ञप्तिमा भनिएको छ। 

सर्लाहीमा विहिवार भएको आक्रमण पहिलो नभई मधेश र लुम्बिनी प्रदेशमा विगत केही वर्षदेखि निरन्तर रुपमा हिन्दु समाजमाथी आक्रमण हुँदै आएको र विशेष गरी चाडपर्व मनाउने क्रममा कयौं जिहादी आक्रमण गरिएको अभियानले उल्लेख गरेको छ। ‘तर, यस्ता घटनालाई दोहोरिन नदिन सरकारले कुनै प्रयास गरेको मसहुस हुदैन। यसको अर्थ वाह्य शक्तिबाट संचालित जिहादीहरूलाई नेपालमा राजनीतिक संरक्षण प्राप्त छ।’ 

‘राष्ट्रिय एकता अभियान देशका सबै राजनीतिक दललाई जिहादीहरूको संरक्षण नगरीकन प्रहरी प्रशासनलाई निष्पक्ष छानवीन गर्न दिई सर्लाही घटनाका दोषीमाथि अबिलम्ब कारवाही गर्न माग गर्दछौ।’ विज्ञप्तिमा भनिएको छ–‘साथै, बाह्य शक्तिको प्रभावमा रही देशभरी विभिन्न आवरणमा लुकेका जिहादीहरूलाई पहिचान गरी पक्राउ गर्न प्रहरीको एक विशेष दस्ता तयार गर्न समेत नेपाल सरकारसंग माग गर्दछौ।’

विशेष