News

बाँकेको बाल सुधार गृहबाट भागेका ९ जना बाल कैदीवन्दी अझै सम्पर्कमा आएनन्

बाँकेको बाल सुधार गृहबाट भागेका ९ जना बाल कैदीवन्दी अझै सम्पर्कमा आएनन्

बाकेको बालसुधार गृहबाट भागेका ९ जना बाल कैदीवन्दी अझै फेला परेका छैनन्। डडुवा गाउँपालिका–६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना फरार छन् ।

गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु भएको थियो। झडपका क्रममा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए ।

बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालित छ । झडपका क्रममा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भईसकेको छ।

केसी अपहरण, शरीर बन्धक तथा बलात्कारको कसुरमा सजाय काटिरहेका थिए । कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । 

यसअघि २ भदौमा भक्तपुरमा रहेको बाल सुधार गृहमा पनि तोडफोड गरेर कैदीबन्दीहरु भागेका थिए । भक्तपुरबाट सारिएका कैदीबन्दीले २७ भदौमा वीरगञ्जस्थित सुधार गृहमा पनि तोडफोड गरेका थिए । 
 

विशेष