News राजनीति

अमेरिका पुगेर सीके राउले भनेः संसदमा पनि सोचे जस्तो र भने जस्तो हुँदो रहेनछ

अमेरिका पुगेर सीके राउले भनेः संसदमा पनि सोचे जस्तो र भने जस्तो हुँदो रहेनछ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत अहिले अमेरिका पुगेका छन्। एउटा राजनीतिक कार्यक्रमका लागि त्यहाँ पुगेका उनले सिस्टममा परिवर्तन नभएसम्म नेपालमा कुनै प्रकारको परिवर्तनको अनुभूति गर्न नसकिने बताए।

लोकतन्त्र छ भन्दैमा संसदमा गएर जे पाए त्यही बोल्न नपाइने प्रस्ट पार्दै उनले भने संसदमा दलको आकार अनुसार समय दिइने र सोही समयभित्र आफ्नो कुरा राख्नुपर्ने उनले सुनाए।

‘पहिला मलाई पनि संसदमा गएर बोलेर नै आफ्नो सबै काम गराउँछु, आफ्नो माग पूरा गराउँछु, आफ्नो अधिकार लिन्छु जस्तो लागेको थियो तर संसदमा गएपछि सोचेजस्तो, भनेजस्तो सबै कुरा हुँदो रहेनछ’ उनले भने–‘त्यसको आफ्नै मूल्य मान्यता छ, संसद अंकगणितमा चल्दो रहेछ ।’

कुनै पनि दलका सांसदलाई निर्णय गर्ने स्वतन्त्रता नहुने प्रस्ट पार्दै ‘सांसदले मनमा लागेको कुरा बोल्न पाउँछ तर मतदान गर्ने समय वा मत हाल्ने समयमा पार्टीले गरेको निर्णय अनुसार नै गर्नुपर्ने हुन्छ’ भने।

उनले ह्वीपको प्रावधान हटाएमा संसदमा धेरै कुरा परिवर्तन गर्न सकिने पनि वताए। कुनै विषयमा एक महिनासम्म संसदमा बहस छलफल हुने गरे पनि अन्त्यमा गठबन्धन दलले जे निर्णय गर्छ, त्यही पास हुने भएकाले त्यत्रो चर्काचर्की बहस गरेको कुनै अर्थ नरहने पनि उनले बताए ।
 

विशेष