News अर्थ

सुन तस्करी छानबिन मस्यौदामा एमालेले असहमति जनाएपछि सर्वदलीय छलफल निष्कर्षविहीन

सुन तस्करी छानबिन मस्यौदामा एमालेले असहमति जनाएपछि सर्वदलीय छलफल निष्कर्षविहीन

सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनको कार्यादेशको मस्यौदामा एमालेले असहमति जनाएको छ। सत्तारुढ दलहरुले तयार पारेको कार्यदेशमा एमालेले असहमति जनाएको हो।

आइतबार रक्षामन्त्रालयमा भएको छलफलमा कुनै सहमति नभएको एमालेका सचेतक महेश बर्तौँलाले बताए । एमालेले सुन प्रकरणको जरैसम्म पुग्नुपर्छ भनेर सबै छानबिन गर्न भनिहँदा सत्तारुढ दलका नेताहरु त्यसमा तयार नभएको उनले वताए।

सत्तारुढ नेताहरु खाली कानून परिमार्जन र संशोधनमा मात्रै अलमलिएको एमालेको ठहर छ। वर्तौलाले कार्यादेश कस्तो बनाउने भन्ने सहमति नभएको प्रष्ट पारे । सरकारले सुन प्रकरणको छानबिन निष्कर्षमा पु¥याउनुको सट्टा टालटुले कुरामा केन्द्रित भएको आरोप उनको छ।

सरकारले सुन तस्करी नियन्त्रणको लागि कानून र संरचनाको प्रस्ताव गरेको छ । तर, एमाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको भेप प्रकरणको पनि छानबिन गराउन चाहन्छ । तर, सरकार महरामाथि छानबिन गर्ने यसअघिको सहमतिबाट पछि हटेको एमालेको बुझाइ छ ।

सरकारले ब्रेकसुदेखि भेप सुन प्रकरणमा सीआईबीले नै निष्कर्षमा पु¥याउने बताउँदै आएको छ । 
 

विशेष