News

जनताले ‘राजा आउ देश वचाउ’ भनेपछि ज्ञानेन्द्र यसरी मुस्कुराए

जनताले ‘राजा आउ देश वचाउ’ भनेपछि ज्ञानेन्द्र यसरी मुस्कुराए

आफ्नो सांस्कृतिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई आईतवार भक्तपुरमा भब्य स्वागत गरेका छन्। उनको स्वागतमा स्थानीय जनताको ठूलै भिड लागेको थियो।

भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा हातमा झण्डा बोकेका स्थानीयवासी घन्टौं अगाडिदेखि भेला भएका थिए । पूर्वराजाको स्वागतमा वसेका धेरैले जातीय पहिरन लगाएका थिए। 

महिला र वृद्धवृद्धा समेतकधो ठुलो जमघट भएपछि सुरक्षाकर्मीलाई भिड छिचोल्न पनि हम्मे–हम्मे परेको थियो।

स्थानीय जनताले राजसंस्थाको पक्षमा नाराबाजी गरेका छन्। ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लागेको थियो।

नारा सुनेर पूर्वराजाको अनुहारमा सन्तुष्टिको भाव देखिएको थियो भने उी मुस्कुराई रहेक देखिन्थे। 

विशेष