News

प्रचण्ड चीन भ्रमणमा गएपछि भारतीय दुतावासले सार्वजनिक गर्यो नेपालमा सञ्चालित योजना

प्रचण्ड चीन भ्रमणमा गएपछि भारतीय दुतावासले सार्वजनिक गर्यो नेपालमा सञ्चालित योजना

प्रधानमन्त्री पुस्पकमल दाहाल अमेरिका र चीन भ्रमणमा निस्किएपछि नेपाल स्थित भारतीय राजदुतावासले नेपालमा सञ्चालित योजनाहरुको सूचि सार्वजनिक गर्दै प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि नेपालमा भारत–नेपाल विकास साझेदारीले थप गति लिएको दावी गरेको छ।

दुतवासले कुर्था–बिजरपुरा रेलमार्गको सञ्चालनले जनता–जनताबीचको सम्पर्कलाई सुदृढ बनाउएको र नेपाली दाजुभाई तथा दिदिबहिनीको हितका लागि भारत–नेपाल विकास सहकार्य सुरु भएको जनाएको छ।

यसैगरी, भारतीय अनुदानमा निर्मित सामुदायिक विकास परियोजनाको उद्घाटन तथा हस्तान्तरण भएको जनाईएको छ।
– संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मित क्याम्पस भवन (२०८० भाद्र २० गते)
– सुदूरपश्चिम प्रदेशमा तीन वटा परियोजनाको निर्माण – टिकापुर बहुमुखी क्याम्पस (कैलाली), श्री पशुपति शिक्षा मन्दिर र श्री सिद्धनाथ माध्यमिक विद्यालय (कञ्चनपुर जिल्ला) (२०८० भाद्र ३१ गते)
– सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालको विभिन्न जिल्लामा ५४६ वटा परियोजना सञ्चालन
– काठमाडौं जिल्लाको चन्द्रागिरीस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको पुनर्निर्माण (२०८० श्रावण ३० गते)
– दार्चुला, संखुवासभा र उदयपुर जिल्लामा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाईको क्षेत्रमा ४ वटा सामुदायिक विकास परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर (२०८० श्रावण १९ गते)
– नेपालका विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० वटा ५० स्कुलबस उपहारस्वरुप प्रदान (२०८० श्रावण ३१ गते) । हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहारस्वरुप प्रदान पनि दुतावासले जनाएको छ। 
– ललितपुरस्थित नापीचन्द्र महाविहारको भूकम्पपछिको पुनर्निर्माण (२०८० भाद्र १८ गते)
– बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ धर्मशालाको पुनर्निर्माण (२०८० आषाढ २०)
– भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्र, लुम्बिनीको भूमिपूजन समारोह (२०८० श्रावण २१ गते)
– भारत–नेपाल विकास सहकार्य ः सुदृढ सम्बन्ध, जनजीवनमा सुधार

विशेष