News

भारतमा नर्तकीको स्वागत र अमेरिकामा वेवारिसे भएका प्रचण्ड चीनको स्वागतले प्रफुल्लित

भारतमा नर्तकीको स्वागत र अमेरिकामा वेवारिसे भएका प्रचण्ड चीनको स्वागतले प्रफुल्लित

भारत र अमेरिका भ्रमणका क्रममा आफुलाई गरिएको स्वागतका कारण मन खुम्च्याएको प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणका क्रममा भने प्रफुल्लीत छन्।

भारतमा दाहाललाई नर्तकीहरुले स्वागत गरेका थिए भने अमेरिकामा स्वागतका लागि कोही नआएपछि उनको मन अमिलिएको थियो। भदौ ३१ गते अमेरिका पुगेका दाहाललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोकबहादुर थापा पुगेका थिए।

यता, असोज ६ गते चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थल पुगेका दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए । 

यो स्वागतले दाहाल प्रफुल्लीत छन्। 

दाहालले हाङ्जाओमा शनिवारै चीनका राष्ट्रपति सी चिनफिङसँग पनि भेटघाट गरेका छन्। साताब्यापी भ्रमणका लागि पुगेका प्रधानमन्त्रीले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्टरुपमा छलफल गरेको प्रधानमन्त्रीको सविालयले जनाएको छ । 

वार्तामा दुवै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र सम्बृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको सचिवालयले जनाएको छ । यस्तैगरी राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका छन् ।
 
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो वार्ता भएको थियो । राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाईमा पुग्ने बताए ।

प्रधानमन्त्री दाहालले भने चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गरे । चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीले गरे ।
 
राष्टपति सीले आफू राष्टपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रुपमा चीनमा स्वागत गरेको स्मरण गरे । यो सवै प्रकरण हेर्दा प्रधानमन्त्री दाहाललाई चीनले उच्च सम्मान र महत्व दिएको परराष्ट्रविदहरु वताउँछन्।

तर, चीनले बोल्ने एउटा र गर्ने अर्कै भएकाले सचेत हुनेपर्ने अवस्था भने कायमै रहेको उनीहरुको भनाई छ। यसअघि चिनले कवोल गरेका कतिपय योजना पुरा नहुनु, नेपालमा संचाललित अधिकांश योजना अधुरै हुनु, कोरोनाको वहानामा अघोषित नाकावन्दी गर्नु, विआरआईलाई जवर्जस्ति कार्यान्वयनमा लान खोज्नु, पोखरा विमानस्थललाई विआरआईको पार्टका रुपमा ब्याख्या गर्नु, राजदुतले नेपालको दक्षिणी छिमेकी राष्ट्रका वारेमा गैरकुटनीतिक अभिब्यक्ति दिनु तथा नेपालको आन्तरिक मामिलामा पनि हस्तक्षेप गरिरहनुले चीनलाई विश्वास गरिहाल्ने अवस्था भने नभएको उनीहरु बताउँछन्। 

विशेष