News

सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे दलहरुले तयार पारे प्रस्ताव

सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे दलहरुले तयार पारे प्रस्ताव

सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यदेशबारे दलहरुले प्रस्ताव तयार पारेका छन्। यसबारे नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी छ।

भेप र ब्रेक शुमार्फत भएको सुन तस्करीलाई लिएर एमालेले संसद अवरुद्ध गरेपछि दलहरुबीच ५ असोजभित्र उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको थियो। तर आयोगको कार्यादेशबारे दलहरुबीच असहमति छ। 

कार्यदेशमा सहमति नहुँदा आयोग गठनमा ढिलाइ भईरहेको छ। यसैक्रममा आइतबार कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको कार्यकक्षमा एमाले बाहेकका दलहरुबीच छलफल भएको थियो। छलफलमा नयाँ ड्राफ्ट बनेको जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए।

आइतबार दिउँसो सरकारका प्रतिनिधि र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुबीच गृह मन्त्रालयमा छलफल सुरु भएको छ । 
 

विशेष