News

१३ वर्षिया बालिका माथि सामुहिक बलात्कार, ४ जना पक्राउ

१३ वर्षिया बालिका माथि सामुहिक बलात्कार, ४ जना पक्राउ

पश्चिम सुर्खेतकी एक बालिकामाथि बलात्कार गरेको र बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने स्थानीय युवाहरु छन्।

१३ वर्षीया वालिकालाई बलात्कार गर्ने तीन जना नाबालक छन्। महेन्द्र सार्की मात्रै १८ वर्ष पुगेका छन्। उनीमाथि भने बलात्कार प्रयासको आरोप छ । ३ जना नाबालकमाथि भने बलात्कारको आरोप छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बालिकामाथि एकै रातमा फरक समयमा फरक फरक व्यक्तिबाट बलात्कार भएको जानकारी दिए।

असोज ४ गते बेलुका ती बालिका छिमेकीको घरमा वर्थडे पार्टीमा नाचगान हेर्न गएकी थिइन् । पिसाब लागेपछि उनि नजिकैको सडकमा आइन् । त्यसै वेला महेन्द्र सार्कीले उनको मुख छोप्दै बलात्कारको प्रयास गरे। बालिका कराउन थालेपछि उनले विभिन्न प्रलोभन देखाए। तर, बालिका भागेर नाचगान स्थल पुगिन।

राती ११ बजे नाचगान सकिएपछि सवै आ–आफनो घरतिर लागे । ती बालिकालाई चिनेकै एक १६ वर्षिया युवाले ‘घर पु¥याईदिन्छु’ भन्दै बोलाए । उनीहरु दुई जना थिए। घरजाने क्रममा मध्यबाटो पुगेपछि उनीहरुले मुख छोपेर हातखुट्टा समात्दै साथीको घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कारपछि अचेत भएर होस खुलेपछि नजिकै छिमेकीको गाई गोठको माथिल्लो तलामा रहेको महिनावारी भएकाबेला सुत्ने छाउमा पुगेर सुतेको पाईएको छ। गोठमा सुतेको एक घण्टापछि उनलाई उठाउन चिनेजानेकै १५ वर्षीय अर्का किशोर आए । उनले ‘तिम्रो घरकाले खोजिरहेका छन् । छिटो आउ अरे । नभए यतै आएर पिट्ने भनेका छन’ भन्दै बोलाए ।

त्यहाँबाट निस्किएकी ति युवकले बालिकालाई अर्का १६ वर्षीय किशोरको जिम्मा लगाएर हिडे। राति करिव २ बजे ती किशोरले पनि गोठमा लगेर बलात्कार गरेको अनुशन्धानबाट खुलेको छ।

केही घण्टाको फरकमा फरक–फरक व्यक्ति र स्थानमा एकै रात तीन जनाबाट बलात्कृत र एक जनाबाट बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । बिहान पख ११ बजे मात्रै उनी घर पुगिन् र सबैकुरा परिवारलाई बताएपछि प्रहरीलाई खबर गरिएको थियो।

पक्राउ परेका यूवाहरु सबैले एकअर्कालाई नचिन्ने बयान दिएका छन् । 
 

विशेष