News

दुई समुदायबीच सम्वन्धमा दरार देखिएपछि विरगन्जमा सद्भाव र्याली निकाल्ने तयारी

दुई समुदायबीच सम्वन्धमा दरार देखिएपछि विरगन्जमा सद्भाव र्याली निकाल्ने तयारी

जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न भएको सर्वपक्षिय वैठकले सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा भएको सर्वपक्षीय बैठकमा सबै धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो ।

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थितिमा बसेको बैठकमा अबदेखि शान्ति सुरक्षा अमनचैनमा असर पर्ने गरी धार्मिक एवं सामुदायिक प्रकारको ¥याली, जुलुस, प्रदर्शन र बन्द हड्ताल नगर्ने सहमति भएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्थाहरू विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्म रहेअनुसार शान्ति अमनचैनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका ¥याली, बन्द आदि कार्यक्रम एवं गतिविधि कुनै पनि सङ्घसंस्था एवं समुदायले नगर्ने र यसमा सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संस्था, क्षेत्रलगायतका सरोकारवालाले सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ ।

मूर्ति विर्सजनको क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच विवादलाई लिएर हिन्दू समाजले शनिबार वीरगञ्ज बजार बन्द गराउँदै प्रदर्शन गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच विवाद भएको थियो ।

यसैबीच, वीरगञ्ज महानगरपालिकाको अगुवाइमा आज वीरगञ्जमा धार्मिक सद्भाव ¥याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोमबार बिहान ११ बजे सद्भाव ¥याली निकाल्ने जानकारी दिएको छ ।

वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङपुलबाट सद्भाव ¥याली निकाल्ने वीरगञ्ज महानगर पालिकाको सूचनामा भनिएको छ ।
 

विशेष