News राजनीति

महासंघ र महाअभियान द्वारा संयुक्तरूपमा गृहमन्त्री लाई ज्ञापन पत्र बुझाइएको छ

महासंघ र महाअभियान द्वारा संयुक्तरूपमा गृहमन्त्री लाई ज्ञापन पत्र बुझाइएको छ

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा वडा नं. ३ मा मूर्ति सेलाउने क्रममा रुपेश यादव लगायत ७/८ जना माथी छुरा प्रहार गरिएको घटना प्रति गम्भीर आपत्ति प्रकट गर्दै समतामूलक समाज निर्माण महाअभियान तथा नेपाल विश्व हिन्दु महासंघ द्वारा संयुक्तरूपमा आज गृहमन्त्री लाई ज्ञापन पत्र बुझाइएको छ।

उक्त घटनाको निष्पक्ष छानबिन गरि दोषी लाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कानुनी कार्यवाही तथा पीडित र घाइतेहरुको उपचारको लागी न्यायोचित क्षतिपूर्ति को माग गर्दै ज्ञापन पत्र बुझाइएको महाअभियान तथा महासंघको महासचिव अभिषेक तिवारीले जानकारी गराउनु भयो।

विशेष