News

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु

रोल्पाबाट दाङतर्फ जाँदै गरेको तरकारी बोकेको जिप सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् ।

रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजे कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना भएको हो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जना सख्त घाइते भएका तुलसीपुर उपमहानगरपालिका–२ बस्ने वर्ष ३५ का नारायण योगीलाई उपचारको लागि प्रादेशिक अस्पताल दाङ लगिएको छ। जिप दुर्घटनामा परेर मृत्यु भएका दुवैको अहिले सनाखत नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठका अनुसार तरकारी बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको जिप सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । 
 

विशेष