News अर्थ कर्पोरेट

एनसेलको गैरकानुनी धन्दाः अनुमति नै नलिई आईएसपी, एनएसपी र डाटा सेन्टर सञ्चालन

दुरसञ्चार प्राधिकरणले कसरी दियो अनुमति भन्दा वढिको लाईसेन्स ?

एनसेलको गैरकानुनी धन्दाः अनुमति नै नलिई आईएसपी, एनएसपी र डाटा सेन्टर सञ्चालन

निजी क्षेत्रको नेपाली दूरसञ्चार सेवाप्रदायक एनसेल आजियाटा लिमिटेड संदिग्ध गतिविधिका कारण बेलाबखत विवादमा पर्दै आएको छ। खास गरी नेपालको कानुन पटक पटक उलंघन गर्दा एनसेल विवादमा पर्ने गरेको छ।

यसअघि करसम्बन्धी प्रकरणमा एनसेल निकै ठुलो विवादमा परेको थियो। केही समय नेपालमा एनसेल वहिस्कार अभियान नै चलेको थियो। अहिले आएर एनसेल गैरकानुनी रुपमा सञ्चालनमा रहेको तथ्य खुलेको छ। 

एनसेल नेपालको कम्पनि ऐन २०६३ बमोजिम कम्पनी लिमिटेडको रुपमा दुरसञ्चारसँग सम्बन्धित काम गर्न पाउने गरी विदेशी लगानीमा स्थापना भएको एक नाफामुलक कम्पनी हो । एनसेलले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तरगतको उद्योग विभाग वाट जिएसएम सेलुलर मोवाईल सञ्चालनको लागि मात्र अनुमती लिएको स्रोत बताउँछ ।

अन्य कुनै व्यवसाय गर्नु परेमा उद्योग विभागवाट छुट्टै अनुमति लिनुपर्ने कानूनी प्रवधान छ । तर एनसेलले आईएसपी (इन्टरनेशनल सर्भिस प्रोभाईडर), एनएसपी (नेटवर्क सर्भिस प्रोभाईडर) र डाटा सेन्टर जस्ता सेवाहरु उद्योग विभागको अनुमति विना नै सञ्चालन गरिरहेको पाईएको छ।

यसैगरी, कुनै कम्पनीले विदेशी लगानीमार्फत नेपालमा लगानी भित्र्याएर व्यवसाय गरी कमाएको नाफावाट अन्य क्षेत्रमा पनि लागानी गर्न पाउने तर त्यसको लागि उद्योग विभागवाट अनुमति लिनु पर्ने कानूनी प्रावधानलाई वेवास्ता गरि आफुखुसी व्यवसाय विस्तार गरेको अवस्था छ ।

उद्योग विभाग वाट जिएसएम सेलुलर मोवाईल सेवा सञ्चालनको लागि मात्र उद्धेश्य राखेर वैदेशिक लगानि भित्र्याएको एनसेललाई नेपालको प्रचलित नियम कानुनको बेवास्ता गरि नेपाल दुरसञ्चार प्राधिकरणले पनि आईएसपी र एनएसपी सेवा सञ्चालनको अनुमती दिएको देखिएको छ। 

यसमा नेपाल दुरसञ्चार प्राधिकरणका कतिपय कर्मचारीको समेत मिलेमतो देखिएको छ। एनसेललाई उद्योग विभागले अनुमति दिएको भन्दा वढि सेवा सञ्चान गर्न पाउने गरी लाइसेन्स प्रदान गर्नुले कर्मचारीको मिलेमतो स्पष्ट हुने स्रोतको दावी छ।

नेपाल दुरसंचार प्राधिकरणले प्राधिकरण ऐन २०५३ को दफा १३ को (क) (ङ) तथा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा १५ र ४४ मा भएको कानूनी व्यवस्थालाई समेत उलंघन गरेको स्रोतको भनाई छ। 

एनसेल

विशेष