News

बालकृष्ण खाणलाई जेल पठाएकै कारण न्यायाधीश न्यौपानेलाई पठाईयो रुकुम ?

बालकृष्ण खाणलाई जेल पठाएकै कारण न्यायाधीश न्यौपानेलाई पठाईयो रुकुम ?

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई पुर्पक्षका लागि कारागार पठाउने न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई सरुवा गरेर रुकुम पठाउने निर्णय भएपछि कानुनमन्त्री एवम् कांग्रेस नेता धनराज गुरुङ विवादमा परेका छन्।

न्यायाधीश सरुवा गरिँदा रिस राखेर गरिएको भन्दै गुरुङको आलोचना भईरहेको छ। गुरुङकै प्रस्तावमा न्यौपानेको सरुवा गरिएको सामाजिक सञ्जालमा सर्वसाधारणबाट व्यक्त प्रतिक्रियामा उल्लेख छ।

मन्त्री गुरुङको सचिवालयले भने न्यायाधीश सरुवामा आफ्नो कुनै हात नरहेको प्रस्टीकरण दिएको छ। ‘केही सञ्चार माध्यममा भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुना पठाउने आदेश गरेका काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यौपानेको रुकुम जिल्ला अदालतमा सरुवा भएको विषयलाई मन्त्रीसँग जोडेर समाचार प्रकाशित भए पनि यो विषय असत्य हो।’û सचिवालयले भनेको छ।

कानुनमन्त्री गुरुङले सरुवाको प्रस्ताव न्याय परिषद् बैठकमा नगरेको दाबी सचिवालयले गरेको छ। न्याय परिषद् बैठकमा न्यायाधीश सरुवा गर्ने विषय न्याय परिषद् सचिवालयले प्रस्ताव तयार पारी पेस गर्ने र त्यस्तो प्रस्तावमाथि  छलफल भई परिषद्बाट निर्णय हुने विधि, प्रक्रिया र अभ्यास रहेको पनि सचिवालयले स्पष्ट पारेको छ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका हाइ प्रोफाइल अहिले कारागारमा छन्। कांग्रेस नेताहरूले पछिल्लो समय खाणसँग कारागार भेटलाई बाक्लो बनाएका छन्।

आइतबार मात्रै कांग्रेस नेता शेखर कोइरालाले खाँडसँग भेट गरेका थिए, वैशाख २७ गते खाणलाई नक्कली शरणार्थी प्रकरणबारे बुझ्न उनको निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। यो आरोपमा हालसम्म करिब २० जना पक्राउ परिसकेका छन्। सोही प्रकरणमा प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई २० वैशाखमै पक्राउ गरेको थियो।

८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो।

विशेष