News अपराध सुरक्षा प्रदेश १

राजन अधिकारीको फाउन्डेसनको एम्बुलेन्स गाँजा ओसार पसारमा संलग्न, चालकसहित पक्राउ 

राजन अधिकारीको फाउन्डेसनको एम्बुलेन्स गाँजा ओसार पसारमा संलग्न, चालकसहित पक्राउ 

नेपालकै अग्ला ब्यक्ति राजन अधिकारीको नाममा संचालिन फाउन्डेसनको नाममा रहेको एम्वुलेन्स गाँजा ओसार पसारमा संलग्न भएको पाईएपछि प्रहरीले पक्राउ गरेको छ।

गाँजा बोकेको को १ च ४६१९ नम्बरको उक्त एम्बुलेन्स मंगलबार राति विराटनगर महानगरपालिका–१८ लाभाघाटबाट पक्राउ गरिएको हो। चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकार पनि पक्राउ परेका छन्।

मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद गरेको थियो । प्रहरीले सोही स्थानबाट भारतीय नम्बर प्लेट बीआर  ३८ एएफ ०३३६ नम्बरको  मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

दुबै सवारीसाधन र चालकलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 

विशेष