News विदेश

विवाह मण्डपमा आगलागि हुँदा १ सयभन्दा वढिको मृत्यु, डेढ सय वढि घाईते

विवाह मण्डपमा आगलागि हुँदा १ सयभन्दा वढिको मृत्यु, डेढ सय वढि घाईते

इराकको निनेभे प्रान्तस्थि काराकोस जिल्लामा एक विवाह मण्डपमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । उक्त घटनामा १ सय ५० जना घाइते भएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ४५ मिनेटमा आगलागी सुरु भएको हो । आगलागीबाट नवविवाहित जोडी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहको पार्टी भइरहेको ब्यांक्वेट हलमा आगलागी छोटो समयमै फैलिएको थियो । इराकी रेड क्रिसेन्टले भने ४ सय ५० भन्दा धेरैको हताहत भएको तर कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सार्वजनिक गर्न कठिन रहेको जनाएको छ ।

स्थानीय पत्रकारहरूले घटनास्थलबाट धेरै बेरसम्म एम्बुलेन्सबाट दर्जनौं घाइतेको उद्धार गरिएको बताएका छन् । विवाह समारोहमा उपस्थित प्रत्यक्षदर्शीहरूले सिंगो हल नै आगोले भरिएको प्रतिक्रिया दिएको पाकिस्तानी सञ्चारमाध्यम डन न्युजको समाचारमा उल्लेख छ ।

घटनापछि इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले विज्ञप्ति जारी गर्दै पीडितको उद्धारका लागि सम्पूर्ण उद्धारका प्रयास परिचालन गर्न गृह र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

इराकमा यसअघि २०२१ मा कोरोना महामारीका बेला दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा यस्तै भीषण आगलागी हुँदा ६० जनाभन्दा धेरैको मृत्यु भएको थियो । अक्सिजन ट्यांक विस्फोट भएर आगलागी हुँदा ८० जनाभन्दा धेरैको मृत्यु भएको थियो । उक्त घट्ना पनि २०२१ मा नै भएको थियो।

विशेष