News

वरिष्ठ अधिबक्ता रमन श्रेष्ठलाई किन झम्टिन पुगिन यी सुन्दरी ?

छायाँ सेन्टर प्रकरण यसरी टिमुर्किए सेनाका अवकाश प्राप्त तीन तारे जर्नेल

वरिष्ठ अधिबक्ता रमन श्रेष्ठलाई किन झम्टिन पुगिन यी सुन्दरी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरु नेपालमा लगानी गर्न विदेशीलाई हारगुहार गरिरहेका छन्। तर, सरकारको कृयाकलाप भने वैदेशिक लगानी भित्र्याउने खालको देखिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकै भाषामा भन्ने हो भने दाहाल सरकार भएका उद्योगी ब्यवसायीलाई समेत दुःख दिने नियतका साथ अघि वढिरहेको छ। अर्काको नाममा भएको जग्गा सरकारी निकायको स्विकृतीमा किन्ने भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङ हुन वा मेडिकल ब्यवसायी सुनिल शर्मा हुन। सरकारले नियोजित रुपमा फसाउन खोजेको ओलीले नै आरोप लगाएका छन्।

अर्को उदाहरण हेर्ने हो भने देशभरी डाक्टरहरु कुटिएका छन्, अस्पतालहरु तोडफोड भएका छन्। तर, यस्तो गुण्डागर्दी रोक्न सरकार असफल छ। मोरङ, हेटौडा हुँदै पोखरामा कुटपिट र तोडफोड हुँदा निरिह भएर रमिता हेर्नु वाहेक राज्यले लगानीको सुरक्षामा कुनै कदम चाल्न सकेको छैन। आफनो लगानीमा कस्ले ढुङ्गा हान्ला र आगो लगाउला भनेर उद्योगी ब्यवसायी त्राहिमाम छन्।

यतिमात्रै होईन, पछिल्लो समय राजधानीमै केही अभियान्ताहरु एउटा ब्यवसायलाई ‘खरानी वनाउने’ भन्दै नाराजुलुस, प्रदर्शन र धम्कीमा उत्रिएका छन्। ०७१ सालमा सुरु भएर करिव आधा दर्जन मुद्दा खेपीरहेको छायाँ सेन्टरको ब्यापारिक प्रतिष्ठान भत्काउन उनीहरु भरपुर प्रयास गरिरहेका छन्।

अधिवक्ता दीपक मिश्र र रामहरि श्रेष्ठ समेतले ०७१ बैसाख र असोजमा मुद्दा दायर गरेर विवादमा पारेको छायाँ सेन्टर विरुद्ध भक्तपुरबाट भाडामा मान्छे ल्याएर आन्दोलन चर्काईएको छ। अभियान्ता र केही वकिलहरु नै मिलेर न्यायालयलाई प्रभावित वनाउन हुलहुज्जत गर्ने गरिरहेका छन्। जब जव अदालतमा पेसी तोकिन्छ, अनि आफुलाई अभियन्ता बताउने उनीहरुको झुण्ड छायाँदेवी कम्प्लेक्सको अगाडि जम्मा भएर तमासा गर्ने गरेको स्थानीयहरु वताउँछन्।

‘छायाँ सेन्टर गलत नै भएको भए काठमाण्डौं महानगरपालिका र काठमाण्डौंवासी अघि सर्नुपर्ने हो। तर, भक्तपुरदेखि गाडीका गाडी मान्छे ओसारेर नाराजुलस गर्नुको भित्री अर्थ के छ ?’ स्थानीयवासी भन्छन्–‘यो विषय वाहिर आउनु जरुरी छ।’

स्रोतका अनुसार यो आन्दोलनको नेतृत्व नारायणमान विजुक्छेको पार्टी नेमकिपाले गरिरहेको छ। आन्दोलनमा केही नेता÷पदाधिकारी प्रत्यक्ष संलग्न भएको सूचना नेपाल आजलाई प्राप्त भएको छ। असोज ७ गते आईतबार मुद्दाको पेसी तोकिँदा एकदिन अगाडि भक्तपुरबाटै निस्कने नेमकिपाको मुखपत्र ‘मदजुर दैनिक’मा समाचारको आबरणमा धम्कीपूर्ण सूचना जारी गर्नुले पनि केही तथ्यहरु प्रष्ट पारेको स्रोत वताउँछ।

‘छायादेबी कम्पेक्स भबन भत्काउनु पर्ने – आज काठमाण्डुमा जुलुस तथा सभा हुने’ भन्दै सूचना जारि गरेपछि कबिन्द्र डंगोल नेतृत्वको झुण्डले छायाँ सेन्टर अगाडि नाराजुलुस गरेको थियो स्थानीय वताउँछन्।

अदालतकै अपहेलना हुने गरी भएको यो आन्दोलनमा जनजाती वकिल संघका सचिव समेत रहेका शंकर लिम्बु पनि देखा परे। उनी छायाँदेवी कम्प्लेक्सका वारेका पोष्टहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्। 

यस विषयमा नेपाल आजले समाचार लेखेपछि नेपाली सेनामा तीनतारे जर्नेल भएर अपकाश पाएका राजेन्द्र थापा विच्किएका छन्। उनले सामाजिक सञ्जालमा नेपाल आज माथि दोसारोपण गर्न भ्याएका छन्। अहिले पनि यो विषयमा सामाजिक सञ्जालमा विभिन्न आरोप प्रत्यारोप चलिनै रहेकै छ। 

पृथुविन्दुको अर्को तमासा
छायाँ सेन्टर भत्काउनु पर्ने पक्षमा विवादित पृष्ठभुभी भएकी ललितपुरकी पृथविन्दु महर्जन पनि देखिएकी छिन्।

एमाले अध्यक्ष केपी बाको कार्यकर्ता यी सुन्दरी युवती पनि नेपाल मजदुर किसान पार्टीले नेतृत्व गरेको जुलुसमा देखिएकी छिन्। ‘उनको पनि चासो सम्पदा संरक्षण होईन। जुलुसमा हिड्ने र वार्गेनिङपछि लुसुक्क निस्कने मात्रै हो’ एक स्थानीयवासी भन्छन्–‘ललितपुरमै कयौ सम्पदा मिचिएका छन्, उनलाई त्यसको ध्यान छैन। उनको ध्यान खाली छायाँ सेन्टरले कतिवेला रेस्पोन्स गर्ला भन्नेमा मात्रै छ।’

महर्जनले छायाँ सेन्टरमा असोज १३ र १४ गते थाइ दुतावासको आयोजनामा हुन गइरहेको फुड फेस्टिभल पनि विथोल्ने चेतावनी दिएकी छिन्। 

यति मात्रै होईन, उनले भुटानी शरणार्थी प्रकरणका अभियुक्तको पक्षमा वकालत गरेको भन्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई कालो मोसो दल्न र जुत्ताको माला लगाउन अभियान चलाईरहेकी छिन्। हरेक ब्यक्ति अदालतले पुष्टि नगरेसम्म निर्दोश हुन्छ र हरेक ब्यक्तिलाई आफनो कानुन ब्यवसायी राखेर निर्दोश प्रमाणित गर्ने अधिकार हुन्छ। त्यसमाथि वकिलको धर्म नै हो, वकालत गर्नु। उनले यो सत्यलाई समेत आँखा चिम्लेर कालोमोसो अभियान चलाएको विरोध हुने गरेको छ। 

यो पनि,

छाया सेन्टर

विशेष