पञ्जाव कांग्रेसका विधायक सुखपाल सिंह घरबाटै पक्राउ

भारतको पन्जाब कांग्रेसका विधायक सुखपाल सिंह खैरा घरबाटै पक्राउ परेका छन्।
लागुऔषध सम्वन्धि पुरानो मुद्दामा खैरालाई बिहीबार चण्डीगढस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसारसन् २०१५ को एउटा मुद्दामा उनी पक्राउ परेका हुन। कांग्रेसलगायत धेरै विपक्षी दलले खैराको गिरफ्तारीलाई बदलाको भावनाले प्रेरित भनेका छन्।
कांग्रेसले ट्वीटरमा लेखेको छ, ‘सिंगो कांग्रेस परिवार साथमा छ । हामी झुक्न तयार छैनौँ, हामी रोकिन तयार छैनौँ। हामी लड्नेछौँ र जित्नेछौँ।’