News

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको शुक्रबार बिहान निधन भएको छ।

राष्ट्रपति कार्यालय, कानुन महाशाखाका सहसचिव कार्कीको नर्भिक अस्पतालका निधन भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल लगिएको थियो।

अस्पताल पुर्याउँदा नै उनको निधन भईसेको मिश्रले जानकारी दिए। अस्पताल ल्याउनेबित्तिकै कार्कीलाई मृत घोषणा गरिएको मिश्रले बताए । राष्ट्रपति कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार बिहीबार साँझ कार्कीलाई वान्ता भएको थियो।

कार्की असार २० गतेदेखि राष्ट्रपति कार्यालय कानुन महाशाखामा हाजिर भएका थिए। 
 

विशेष