News

छायाँ सेन्टरको १५ तले कम्प्लेक्स वन्दा कहाँ थिए अभियान्ता ?

बाउ–बाजे जग्गा बेचेर छोरा–नाती पाल्ने, छोरानाती त्यही जग्गा सित्तैमा लिन आन्दोलन गर्ने ?

छायाँ सेन्टरको १५ तले कम्प्लेक्स वन्दा कहाँ थिए अभियान्ता ?

सम्पदा संरक्षणका नाममा काठमाण्डौं महानगरपालिका २६, ठमेलमा रहेको छायाँ सेन्टर विरुद्ध निरन्तर भईरहेको आन्दोलनका थप तथ्यहरु वाहिर आउन थालेका छन्। 

आफुलाई अभियान्ता वताउनेहरुले गुठी मातहत रहेको कमलपोखरी मासेर महल खडा गरेको आरोप लगाउँदै निरन्तर आन्दोलन गरिरहेका छन। अर्कोतर्फ यो प्रकरण आदालतमा पनि छ।

आन्दोलनमा अम्बिका राणाले गुठीयारको तर्फबाट संघर्षको नेतृत्व गरिरहेका छन्। यो प्रकरणमा ०६२ असार १६ गते काठमाण्डौ जिल्ला अदालतमा मिलापत्र समेत भएको पाईएको छ। गुठी संचालन गर्न आर्थिक अभाव भएकोले कमलपोखरीको जग्गामा गुठीयारद्धारा हकदावी छाड्ने र त्यसबापत अम्बिका राणाले एक करोड पचास लाख र चार आना जग्गा दिने सहमतिमा मिलापत्र गरिएकोछ ।

अहिले आएर तिनै गुठियारहरु आन्दोलनमा उत्रनुले उनीहरुको नियत सफा नदेखिएको लालमोन प्रधान वताउँछन्। ‘काठमाण्डौं जिल्ला अदालतमा भएको मिलापत्र अनुसार भगवान बहाल गुठीयारले अम्बिका राणासँग १ करोड ५० लाख रुपैंया नगद र ४ आना जग्गा लिएर मिलापत्र गरेको थियो । र अहिले तेही एक गुठीयारको अगुवाइमा बिरोध गर्नुको अर्थ के हो ? यो पैसा खोइ ? यो पैसा नि फिर्ता गर्नु पर्छ कि नै ?’ भन्दै उनले प्रश्न उठाएका छन्।

प्रधानले सामाजिक सञ्जालमा लेखेका छन्–‘त्यो बेलाको १ करोड ५० लाख भनेको अहिलेको १ अर्ब होला, त्यो नि फिर्ता गर्नु पर्छ कि नै ? बाउ बाजेहरु तेही पैसा लिएर घर बनाएर छोरा नाती हुर्काउने अनी अहिले तेही छोरा नाती आएर फिर्ता माग्नुको अर्थ के ?’

उनले २६ रोपनीको पोखरीको जग्गा मध्ये १२ रोपनीमा बनेको छायाँ सेन्टरलाई मात्रै निशाना वनाउनुको कारणबारेमा समेत प्रश्न उठाएका छन्। उनले ब्यंग्य गर्दै लेखेका छन्–‘छायाँ सेन्टरनी अचम्मको छ, राता रात तेत्रो गगन चुम्ने भवन बनाउँदा कुनै अवाज नि आएन। कसैले थाहा नि पाएन र भोली बिहान उठ्दा सबैले समाचार लेख्न थालेछ।’

यो जग्गा किन्नुपूर्व चार पटक जग्गाको स्वामित्व हस्तान्तरण भइसकेको र कम्प्लेक्स निर्माण गर्नुभन्दा दुई वर्ष अघिनै वातावरणीय प्रभाव मूल्याङ्कन र सार्वजनिक सुनुवाई हुँदा कुनै विवाद नभएकोमा समेत उनले आश्चर्य ब्यक्त गरेका छन्।

‘अहिले सम्पदाको नाम भजाएर स्वार्थपूर्ती गर्न खोज्नेहरु कम्प्लेक्स निर्माणको काम थाल्नुपूर्व र काम भईरहँदा किन मौन वसे, किन अवरोध गरेनन्, त्यतिवेलै नाराजुलुस किन गरेनन्’ भन्दै उनले प्रश्न गरेका छन्।

यो पनि,

छाया सेन्टर

विशेष