News

बाल सुधार गृहबाट कर्तव्य ज्यान र बलात्कार मुद्दाका २ किशोर फरार

बाल सुधार गृहबाट कर्तव्य ज्यान र बलात्कार मुद्दाका २ किशोर फरार

कर्तव्य ज्यान र बलात्कार मुद्दामा बाल सुधार गृहमा राखिएका दुई जना किशोर फरार भएका छन्।

वीरगन्ज महानगरपालिका–४ विर्तास्थित बाल सुधार गृहबाट उनीहरु फरार भएका हुन। गए राति दुई बजेतिर छतमाथिको तारजाली काटेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ।

काँडे तार काटेर उनीहरु बाल सुधार केन्द्रसँग टाँसिएको घरमाथि हामफालेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उनीहरुको खोजी भईरहेको जनाईएको छ। 
 

विशेष